सागर केरुङको निर्देशनमा बनेको “युप्पारुङ” लिम्बु म्यूजिक भिडियोले जित्यो–जुरी अवार्ड

 लिम्बुवान न्युज
                       

काठमाडौ, १३ असोज । बहुप्रतिभाका धनी चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङ्ले ’जुरी अवार्ड’ जितेका छन् ।

बुधबार राष्ट्रिय नाँचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ“बाट निर्देशक केरुङ्ले जुरी अवार्ड जितेका हुन् ।


चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता लिम्बू जबेगु र आदर्श आङ्देम्बेले अभिनय गरेका छन भने सञ्जय आचार्यको छायांकन÷सम्पादन रहेको छ । प्रेम पन्धाकको शब्द/संगीतमा सुनिता सुब्बा र किरन येक्तेनको स्वर रहेको छ ।

राष्ट्रिय सभा अध्यक्ष माननीय गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार समाजका अध्यक्ष रबिन्द्र खड्का, नायक धिरेन साक्य, गजित विष्ट, अभिनेत्री लक्ष्मी गिरी लगायत कलाकारहरुद्वारा वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...