शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ।
काठमाडौं, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज चार देशका राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
राष्ट्रपति कार्यालयले जनाए अनुसार आज (बिहीबार) शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्रहरु बुझाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्ति अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ रहेका छन् ।
उनीहरु चारैजना नेपालका लागि आवासीय राजदूतहरु हुन् । (अनलाइनखबरमा प्रकाशित समाचार)


