शिवसताक्षी ३ को लिम्बुवान मञ्च अध्यक्षमा भिमबहादुर निङ्लेखु

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १४ असोज । संघीय लिम्बूवान मञ्च नेपाल झापाको शिबसताक्षी ३ ले दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ ।

धरमपुरको भर्लिचनस्थित प्रताप निङ्लेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि भीम बहादुर निङ्लेखुको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा पबिमाया भुजेल (इगनाम), सचिवमा रुपैश इगनाम र अर्थ सचिवमा सन्तोष मेन्याङबो चुनिएका छन् । त्यस्तैं, सदस्यहरुमा उदय देवान, धिरज निङलेकु, प्रेम सम्बाहम्फे, रोहित सिङ्गोक र दलबहादुर योङहाङ चुनिएका छन् ।

मञ्चकी प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नवनिर्वाचित समितिलाई सफलग्रहण गराउँदै योङहाङले भनिन् राजनीतिक हिसावले संघीय लिम्बूवान मञ्च नेपालले प्रदेश १ का जिल्लामा संगठन सुढृढिकरण अभियानमा लाग्नुपर्नेमा जोड दिइन् । उनले आगामी नर्वाचनलाई लक्षित गरेर स्थानीय तहको पालिका र वडाहरुमा पार्टीको गतिविधिलाई तिब्र बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् ।

त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य जसबहादुर तामाङ र पहिचान सदस्य हर्क प्रसाद निङलेकुले पनि निर्वाचन केन्द्रीत कार्यक्रमहरु ल्याएर गाउँ–गाउँ र नगर–नगरमा पार्टीको कार्यक्षेत्रमा जुट्न आग्रह गरेका थिए ।

भीम निङलेकुको अध्यक्षतामा भएको वडा सेम्मेलनमा उदय देवानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चको शिबसताक्षी नगर उपाध्यक्ष प्रताप निङलेकुले गरेका थिए ।

त्यस्तैं, वडा अधिवेशन सम्पन्न भएपछि नगर कार्य समितिको यहि असोज २३ गते सम्मेलन गर्ने कार्यक्रम रहेको नगर उपाध्यक्ष निङलेकुले जानकारी दिए ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...