लिम्बुवान मञ्च मोरङ्को पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पुरा– दिलु लिङदेन

 लिम्बुवान न्युज
                       

लेटाङ, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेनले शनिबार हुन गईरहेको पाँचौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएकी छन् । शनिबार आयोजना हुने पाँचौ अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकद्वारा खुल्लासत्र उद्घाटन हुने अध्यक्ष दिलुले बताइन् ।

जिल्लाको १७ वटा स्थानीय पालिका, ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट कोभिड १९को अवस्थालाई मध्यनजर गर्दै कम्तिमा १ हजार कार्यकर्ताहरु खुल्ला सत्रमा सहभागी हुने बताईएको छ । त्यसैगरी खुल्लासत्र सकिन्नसाथ बन्दसत्रमा २ सय पचास प्रतिनिधि र १ सय पर्यवेक्षकहरुबाट नयाँ समिति चयन गर्ने अध्यक्ष दिलुले बताइन् ।

लेटाङको गोदावारी सामुदायिक बनको सभाहलमा हुने कार्यक्रममा विभिन्न जातीय झाँकी सहित सांगीतिक कार्यक्रमहरु पनि आयोजना हुने जिल्ला बरिष्ठ उपाध्यक्ष जीवन खेवाले बताए । त्यसैगरी मोरङ् जिल्लामा मञ्चलाई शसक्त पार्टीको रुपमा स्थापना गर्दै आगामी स्थानीय पालिका, प्रदेश र संघको चुनावमा नेकपा एमाले, कांग्रेस, माओवादी पार्टीसँग प्रतिस्पर्धा गर्नेगरी अघि बढेको मोरङ् जिल्ला इन्चार्ज प्रान्तीय उपमहासचिव तथा संचारविभाग प्रमुख दिल कुमार लावतीले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...