एमालेमा उपमहासचिव पद खारेज: केन्द्रीय कमिटी २२५ सदस्यीय हुने

 लिम्बुवान न्युज
                       

 

लिम्बुवानखबर, १५ असोजं । नेकपा एमालेले विधान महाधिवेशन ललितपुर गोदावरीमा अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका छन् । अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव पेश गर्दै पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेका छन् ।

उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्ताव गरिएको विधानमा उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् ।

ललितपुरको गोदावरीमा जारी विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । दुई उपमहासचिव राख्ने प्रस्तावलाई अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।

प्रस्तावित विधानमा सचिवको संख्या ७ वटा घटाएर ६ मा झारिएको छ । नयाँ प्रस्तावमा ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने भनिएको छ ।’ यसैगरी प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।

विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् भने तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश भएका छन् । शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित बताइएको छ ।

एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा हुनेछ बताइएको छ ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;