नाल्बो बंशावली पुस्तक विमोचन

 लिम्बुवान न्युज
                       

  • डिल्लीश्वर मुसाहाङ अम्याङसा

लिम्बुवानखबर । नाल्बो बंशावली पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मोरङको उर्लाबारीमा अवस्थित दुर्गापुरी फनपार्क एण्ड रिसोर्ट स्थित लिङथेप कल्याणकारी समिति अध्यक्ष र इतिहास तथा बंशावली उपसमिति संयोजक उतमकुमार लिङ्थेपको प्रमुख आतिथ्यतामा उक्त पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको हो ।

नाल्बो सेवा समाजका अध्यक्ष मोहनकुमार नाल्बोले पानसमा दीप प्रज्वलन गरेर उद्धघाटन गरेको कार्यक्रममा नाल्बो बंशावली पुस्तक प्रमुख अतिथि लिङ्थेपले विमोचन गरेका थिए ।

सो बंशावली पापोहाङ सेर्मा बंशावली लेखक, सम्पादक तथा सेर्मा सङ्जुम्भो केन्द्रीय महासचिव एवम् समालोचक लछामी सेर्मा पापोले टिप्पणी तथा समिक्षा गरेका थिए ।

इत्नुसो नाल्बोहाङ हाङ्सानुका सन्तान वा नाल्बो भए देखि यता मात्रै ३६औं पुस्ताको दौडानमा रहेको सो वंशावली पुस्तकमा उल्लेख गरिएको छ ।

सेसेमी से.नाल्बोको सम्पादनमा सम्पादित बंशावलीमा इतिहास, बंशावली, उत्पति माङ्गेन्ना यकको ऐतिहासिक विषयहरु समेटिएको ५७१ पृष्ठ र मूल्य ३ हजार रुपैयाँ रहेको छ । पुस्तक जम्मा ६०० प्रति मात्रै छपाई भएको नाल्बो बंशावली पुस्तक, नाल्बो सेवा समाज केन्द्रीय समितिले प्रकाशन गरेका थिए ।

कार्यक्रममा हाङगाम बंश उत्थान प्रतिष्ठान केन्द्रीय अध्यक्ष अशोक हाङगाम, नाल्बो सेवा समाज केन्द्रीय अध्यक्ष मोहनकुमार नाल्बो, नाल्बो बंशावली लेखन समिति सदस्य इक्सा सङबाङ्फे (नाल्बो) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विमोचन कार्यक्रममा वंशावली प्रकाशन गर्ने प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा साङ्वा वंश उत्थान संघ केन्द्रीय अध्यक्ष दिल पाक्साङ्वा, मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, सेरेङ चोङबाङ, केदेम, लङवा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नाल्बो बंशावली लेखन समिति अध्यक्ष सेसेमी से.नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष बलनाथ नाल्बोले स्वागत मन्तव्य राखेका थिए भने संचालन सचिव कमल कुमार नाल्बोले गरेका थिए ।

विमोचनमा कार्यक्रममा ३ सय जना नाल्बो दाजुभाईहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;