लिम्बुवान मञ्चको मोरङ् अध्यक्षमा जिवन खेवा : सबै स्थानीय तहमा पुग्ने दृढ संकल्प

 लिम्बुवान न्युज
                       

लेटाङ, १७ असोज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको पाँचौं मोरङ् जिल्ला अधिवेशनबाट अध्यक्षमा जिवन खेवा निर्वाचित भएका छन् । शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा लेटाङमा आयोजित अधिवेशनलाई खेवाको नेतृत्वमा ३८ सदस्यीय जिल्ला कार्य निर्वाचित भएको हो ।

शनिबार साँझ ७ बजेशुरु भएको बन्दसत्रले अध्यक्ष दिलु लिङदेन लावतीले पेश गरेकी सांगठानिक प्रतिवेदनलाई पारित गर्दै निर्वाचित मण्डलबाट आगामी ५ बर्षको नयाँ कार्यकालको लागि मनोनयन भएको थियो । उक्त मनोनयन दर्ताबाट जिल्ला बरिष्ठ उपाध्यक्ष खेवालाई अध्यक्षमा बन्दसत्रले निर्विरोध निर्वाचित गरेको हो ।

त्यसैगरी विहान २ बजे घोषित नयाँ कार्य समितिमा बरिष्ठ उपाध्यक्षमा कुल बहादुर बि.क.(विशाल), उपाध्यक्षहरुमा शेर बहादुर तुम्बाहाम्फे, रामकुमारी लिम्बु, रामकुमार खुदाङ, कुल बहादुर काम्बाङ् निर्वाचित भएका छन् । त्यसैगरी सचिवहरुमा बरुण लाबुङ्, महेन्द्र कुमार मिभक (मिक्सन) र ज्ञानेन्द्र बहादुर लिम्बु निर्वाचित भएका छन् । त्यसैगरी अर्थसचिवमा जीत बहादुर लावती निर्वाचित हुँदा सचिवालय सदस्यहरुमा भरत कुमार लिम्बु, बल बहादुर लिम्बु, अञ्जु सम्बाहाम्फे र जागेश्वर महत निर्वाचित भए ।

यसैगरी जिल्ला सदस्यहरुमा क्रमशः चन्द्र बहादुर पालुङ्वा, राज सङ्मी, शुक्र थेगिम, गणेश तुम्सा, सुर्य तुम्सा, प्रसाद सिंह लिम्बु, चन्द्र बहादुर लिम्बु, तिर्थ बहादुर लिम्बु, राजेश लिम्बु, लिला बहादुर लिम्बु, भानुभक्त लिम्बु, रुपनारायण कुरुम्बाङ, डिकल लिम्बु, मार्था सुन्चेरी, लिलादेवी योङहाङ आङबुहाङ, लाल बहादुर देवान, रामकुमार राई, मोहमद कमल, लोक बहादुर लिम्बु, हेक कुमार तुम्सा, नरवीर सोदेम्बा, तिल कुमारी पालुङवा र सेमिकादेवी सुब्बा रहेका छन् ।

कार्यक्रमको उद्घाटन सत्र शुरु हुनु पूर्व लेटाङ बजारको खसी बजारबाट र्‍याली बजार परिक्रममा गर्दै विपी चोक पूर्व जनसेवा सामुदायिक बनको सभाहलमा पुगेर शुरु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि लिङदेनले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङदेनले आफ्ना गृह जिल्ला मोरङले मञ्चले दिएको जिम्मेवारीहरु पुरा गर्दै मञ्चको जिल्लाको कमाण्ड हेक्ने एकमात्र महिला नेत्री जिल्ला अध्यक्ष दिलु लिङदेनको चर्चा गरेका थिए ।

यसैगरी कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्, उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङख र एबी पन्धाक, महासचिवहरु अशोक चेम्जोङ र शान्ता योङहाङ, संघीय अर्थसचिव विष्णु यक्सो, प्रान्तीय उपमहासचिव दिल कुमार लावती, दलित मुक्तिमञ्चका उपाध्यक्ष बलराम सदा, प्रान्तीय सचिव पूर्णकला तेयुङ, सचिवालय सदस्य चौकीदार तामाङ र रामचन्द्र थापा मगर, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ् लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन सत्रमा सचिवालय सदस्य सजन याक्खा, ललित सुब्बा, हर्क लिङ्देन, संघीय सदस्य चन्द्र कन्दङवा लावासा, सुर्य लिम्बु, प्रान्तीय सदस्य रामहर्क खम्बु राई, धनप्रसाद साँवा, अर्जुन लिङ्देन, हरिराज खिम्दीङ्, कृष्ण कन्दङवा, नन्दुभाइ मेन्याङबो, थिर बहादुर लावती त्यसैगरी पहिचान सदस्य बम बहादुर मेन्याङबो, महिला सचिव बिराट बेघा, विद्यार्थी नेता मोहन मावो, लिम्बुवान भोलेन्टियर्स सिनीयर कमाण्डरहरु गणेश मिभक, लाल बहादुर लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

मोरङ जिल्ला अध्यक्ष दिलु लिङदेन लावतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष जिवन खेवाले गरेका थिए भने संचालन विशाल तिरुवा र बरुण लाबुङले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा लिम्बु जातीको केलाङ, पालामका साथै विभिन्न कलाकारहरुबाट नृत्य र गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा करिब १ हजार जनाको सहभागी रहेको थियो ।

नव निर्वाचित अध्यक्ष खेवाले आफ्नो प्रतिबद्धता मन्तव्यमा आगामी दिनमा जिल्लाको १७ वटै स्थानीय तहमा संगठनलाई पु¥याउने दृढ संकल्प गर्दै जिल्लाका सबै तहका नेता कार्यकर्ताहरुसँग हातेमालो गर्दै संगठनलाई मजबुत बनाउने बताए ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;