झापाको दुई वडामा लिम्बुवान मञ्चको वडा समिति विस्तार

 लिम्बुवान न्युज
                       

दमक, १८ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तरर्गत स्थानीय वडा पालिकाहरुको गठनलाई तिब्र पारिएको छ । जिल्ला अन्तर्गत वडा गठनहरु यतिबेला धमाधम भईरहेको झापा जिल्ला समितिले जनाएको छ ।

आज सोमबार जिल्ला अन्तर्गत शिवसताक्ष नगरपालिकाको वडा नं. ८ र कमल गाउँपालिकाको वडा नं. ४ मा समिति गठन भएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा झापाको कमल ४मा गगन लावतीको अध्यक्षतमा नयाँ कार्य समिति चयन गरिएको छ । नवगठित समितिमा उपाध्यक्षहरु क्रमशः कुमार आलेमगर, दिलीप कुमार घतानी, सचिव लब कुमार टुडु, सह–सचिव बुद्धि आङ्थुपो, अर्थसचिवमा सुकमाया फियाक चयन भएका छन् भने सदस्यहरुमा पवित्रा राई, गीता राई, रेणुका बिक, सरु राई र किसान लावती रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय सचिव विष्णु भट्टराई, प्रान्तीय सदस्यहरु सुर्य योक्पाङदेन, मनप्रसाद थलङ, कविन्द्र सेर्मा, जिल्ला सदस्य नरेन्द्र लावती, जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, कलम वडा २ का अध्यक्ष रमेश खड्का लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी लिम्बुवान प्रान्तीय सचिवालय सदस्य भिम सुनुवारको प्रमुख आतिथ्यतामा शिवसताक्षी वडा ८ किरात राई यायोक्खाको सभाहल झिलझिलेमा जीतेन एक्तेनको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा धनबहादुर फेउदेन र गोविन कुरुम्बाङ, सचिवमा रणहाङ आङ्देम्बे, सह–सचिव अम्बिका सेर्मा, अर्थसचिव करणबहादुर सम्याङखाम, सह–अर्थसचिव धनकुमारी लक्सम्बा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरु अमर मादेन, भूमिका लक्सम्बा, भुपेन्द्र सेर्मा, कुमार लावती, दुर्गा लिम्बु, सरिता सुनचुरी राई, रामप्रसाद चोङबाङ, कृतिमान लिम्बु, सुखबहादुर लक्साम्बा, कुलमान लक्साम्बा, जगत साम्बा, रामबहादुर कङ्लिम्बा, छत्र थेवे, लक्ष्मी लिम्बु, सुनिता राई र जिरेनाहाङ लक्सम्बा निर्वाचित भएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य किरण लिङ्देन, जसबहादुर तामाङ, दलित शिल्पी मञ्चका उपाध्यक्ष बलराम सदा, संघीय सदस्य तथा नगर संयोजक प्रकाश लिङ्देन त्यसैगरी प्रान्तीय पहिचान सदस्य दिलबहादुर सेरेङ, झापा जिल्ला सदस्यहरु ः दलकुमार सेर्मा, इन्द्रकुमार सेर्मा, बि. एम. लक्सम्बा, पाँचथर जिल्ला सदस्य दिपक सेर्मा, एल. भि. केन्द्रीय फिल्ड कमान्डर सुमन सम्बाहाम्फे, संघीय बिद्यार्थी युनियनका संघीय सदस्य किराती बिबेक सुनुवार (लिनोच), क्षेत्रीय सदस्यहरुः समीर योङ्हाङ, शिवसताक्षी नगरका उपाध्यक्ष प्रताप निङ्लेकु, भवानी आङ्देम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुईसय क्रियासिल सदस्य समेत वितरण गरिएको नगर उपाध्यक्ष प्रताप निङ्लेखुले बताए । कार्यक्रम वडाध्यक्ष रोहिन थेगिमको सभाध्यक्षता त्यसैगरी जीतेन याक्तेनको स्वागत मन्तव्य र वडा सचिव रणहाङ आङदेम्बेको संचालनमा भएको थियो ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...