
शिवसताक्षी, १९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा कमाण्ड गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा प्राइमरी कमाण्डर ईश्वर सम्बाहाम्फेको कमाण्डमा सेल कमाण्ड गठन भएको हो ।
शिवसताक्षी ७ प्राइमरी कमाण्डको सेल कमाण्डरमा राजकुमार चेम्जोङ, एल.भी.हरुमा योगेन्द्र सम्बाहाम्फे, सुवास सेर्मा, प्रदिप माङलाक, जीवन प्रधान, गजेन्द्र मगर, दिपेन सेर्मा, रविन सेर्मा, दानेन्द्र चेम्जोङ, रितेस मगर, इन्द्र लिम्बु, सुरेश सेर्मा र राकेश सेर्मा नियुक्त भएका छन् ।
विशेष अतिथि प्रान्तीय सचिवालय सदस्य भिम सुनुवार, पहिचान सदस्य दिल सेरेङ, फिल्ड कमाण्डरहरु जनम चेम्जोङ् र सुरेन चेम्जोङको आतिथ्यता कार्यक्रम भएको थियो ।
कार्यक्रम केन्द्रीय सिनियर उपकमाण्डर सुमन चेम्जोङको अध्यक्षतमा भएको थियो ।