पथरीशनिश्चरेमा युमा साम्योको वडा समिति गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । मोरङको पथरीशनिश्चरेमा टेकबहादुर चोङबाङको अध्यक्षतामा वडा ४, ८ र ९को संयुक्त युमा साम्यो समिति गठन भएको छ । मंगलबार पथरीमा युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेमको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।

स्थानीय तुत्तु तुम्याहाङहरू, फेदाङमा, साम्बा, येबा, येमा, युमासामहरू एवं बौद्धिक वर्ग समेतको सहभागिता रहेको उक्त अधिवेशनमा विशेष अतिथि केन्द्रीय महासचिव डा. रमेश इजम, अतिथिहरूमा केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाङ्फे, केन्द्रीय सदस्य भिम केदेम र स्थानीय प्रबुद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

मन्तव्य राख्दै प्रमुख अतिथि देबेन्द्र कुमार वनेमले आसन्न राष्ट्रिय जनगणनाको प्रचारप्रसार र विविध कार्यक्रमहरू सफलल पार्नका लागि सबै जुटेर तन, मन, धन, कर्म र वचनले सहयोग गरौँ भनी उपस्थित सम्पूर्णमा आव्हान गरेका थिए ।
त्यसैगरी विशेष अतिथि महासचिव डा. रमेश इजमले यो राष्ट्रिय जनगणना याक्थुङ लिम्बू जातिको मौलिक पहिचान स्थापित गर्ने एक सुनौलो अवसर भएकोले सबैले जातिमा याक्थुङ लिम्बू र धर्ममा युमा धर्म लेख्न लेखाउन जोड दिएका थिए ।

सम्मेलनले चोङबाङको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष लक्ष्मी मुसाहाङ, सचिव अशोक नाल्बो, सहसचिव टेकबहादुर वनेम, कोषाध्यक्ष हरिकुमार सेर्मा, सदस्यहरूमा सुकबहादुर योङहाङ, बिरेन्द्र लुम्फुङ्वा, प्रेमकुमार वनेम, डम्बर केदेम, सुरेश चोङबाङ्, जयमान पयाङ्गु, कान्छोरे सिरेङ, खड्ग फागो, सन्तबहादुर वनेम, धनबहादुर वनेम, इन्द्रजित पराङदेन, राजकुमार लिम्बू, मित्र नेम्बाङ् र सेरबहादुर नेम्बाङ रहेका छन् । त्यसैगरी सोही सम्मेलनले गंगा साँबाको संयोजकत्वमा सुकबहादुर खजुम र दौलत वनेम सदस्य रहनेगरी एक सल्लाहकार समिति समेत गठन भएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...