लिम्बुवान मञ्च दमक २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २१ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिका वडा नं. २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित भएका छन् । बिहीबार मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले पुनः निङलेखुलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी नव गठित समितिको उपाध्यक्षहरुमा जंग बहादुर सुहाङ, विशाल चेम्जोङ, शरण कुमार ओख्राबो, राजु सम्बाहाम्फे, त्यसैगरी सचिवमा जीवन आङदेम्बे, सह–सचिवमा जितु माखिम र अर्थसचिवमा चन्द्रा निङ्लेखु निर्वाचित भएको छन् ।
यसरी नै सदस्यहरुमा रामचन्द्र राजवंशी, चन्द्र बहादुर राई, राम बहादुर धिमाल, डाक बहादुर धिमाल, भिम थेगीम, विष्णु लावती, पूर्ण आङदेम्बे, माधव सुहाङ, बसन कुमार लिम्बु, दुर्गा निरौला, धनपाल सम्बाहाम्फे, दुर्गा धिमाल, माया धिमाल, पूर्णमाया मगर, कराइ धिमाल, सुनिता धिमाल र निलम धिमाल रहेका छन् ।
आज आयोजित उक्त वडाअधिवेशन कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स प्राईमरी कमाण्डर रमेश थापाको कमाण्डमा गठन गरिएको छ । सेल कमाण्डर सागर योगी, एलभीहरुमा विजय आङदेम्बे, विक्रम आङदेम्बे, सुर्य राई, सगुन लिम्बु, सागर राई, पूर्ण आङदेम्बे, गोपीलाल थेगिम, समीर सेर्पा, राहुल लिम्बु, बीर बहादुर आङदेम्बे, दिपक लिम्बु र अविशेक तामाङ् रहेका छन् ।
कार्यक्रममा मञ्चका नेताहरु सुरेन्द्र लिम्बु नोनाम, धनराज सुब्बा, नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...