“संघीयता कमजोर बनाउन वडाध्यक्षलाई राजा बनाइयो”–कुमार लिङदेन ‘मिराक’

 Prabhakar Angbo
                       

लिम्बुवानखबर, २२ असाेज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिई राजा बनाईएको बताएका छन् । बिहीबार पत्रकार महासंघ धरानको सभाहलमा मञ्चको संघीय राष्ट्रिय महाविधेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मिराकले यस्तो बताएका हुन् ।
मञ्चको संघीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरानमा हुने पत्रकार सम्मेलनमा मार्फत मञ्चले सार्वजनिक गरेको हो ।
अध्यक्ष लिङदेनले सिंहदरबारले संघीयता कमजोर बनाउनलाई वडाका जनप्रतिनिधिलाई राजा बनाई र वडावडामा भ्रष्टचार मौलाइ रहेको औलाए । अध्यक्ष मिराकले भने, ‘संघीयता कमजोर बनाउन सिंहदरबारले सिधै वडामा बजेट पठाएर जनप्रतिनिधिलाई राजा झै बनाएको र ७ हजार वडामै भ्रष्टचार देखिएको छ । त्यो भनेको संघीयतालाई खत्तम गर्नलाई हो ।’
पहाडको डाँडाहरुमा वडाध्यक्षहरुले बुलडोजर लगाएर भौतिक संरचनालाई तहसनहस बनाई माटो गलाएको बताउँदै लिङदेनले भने अबको १० बर्ष भित्र पहाड मरुभूमि हुने बताए । पहाडमा जताततै बाढीपहिरोको कारण यो बर्ष खोलामा लेदो बगेको बताए । वडामा प्रतिनिधिलाई असिमित अधिकार दिने निर्णयले देश खत्तमै हुने लिङदेनले चिन्ता व्यक्त गरे । यसको विरुद्ध हाम्रो लडाई जारी रहने उनले बताए ।
७ वटै प्रदेशको राजधानी तराईमा ल्याएको आरोप लगाउँदै अर्को प्रसङ्गमा के भारतले प्रदेश राजधानी तराईमा ल्याऊ भने को हो त ? उनले प्रश्न गरेका थिए । लिङ्देनले पहिचान र १० प्लस १ प्रदेशको लागि लडाई निरन्तर जारी रहेको भन्दै पहिचानको जगमा उठेर मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने बताउँदै बिस्तारै सबैले कुरा बुझ्दै गएको उनको भनाई थियो । देशको एक जातीय हैकमवादी राणाशासनको मानसिकता बोकेको कर्मचारीतन्त्रका कारण बजेटको ६५ प्रतिशत खर्च कर्मचारीतन्त्रमा भइरहेको कारण देशमा विकास हुन नसकेको उनको भनाई थियो । ‘१४ खर्ब बजेटमा ९ खर्ब कर्मचारीलाई, एक खर्ब विदेशी ऋण तिर्न र बाँकी रकम विकासमा लगाईरहेको संघीय सरकारको बजेटले नेपाल अघि बढ्छ ? खाली खाने र अनुत्पादक क्षेत्रमा भयो बजेट,’उनले यसै प्रसङ्गमा जोड्दैभने,‘बजेट कर्मचारीतन्त्रमा हुने खर्च ६५ बाट ३५ प्रतिशत झारेर अरु रकम चै विकासमा लगाउनुपर्छ ।’
संघीय मञ्चले आगामी चुनावको घोषणा पत्र तथा राजनीतिक एजेण्डा छ महिना अघि नै तयार गरेको जानकारी दिदै लिङ्देनले आउँदो चुनावमा धेरै भन्दा धेरै वडा, स्थानीय तह जित्ने लक्ष्य रहेको पनि बताए । आगामी चुनावमा सांसद संख्या कम्तीमा २५, ३० प्रतिशत पुर्याएर आफ्नो कुरा संसदमा राख्ने पनि बताए । उनले थ्रेस होल्ड कटाएर मञ्चलाई राष्ट्रिय पार्टी बनाउने उद्घोष गर्दै लिङ्देनले भने, ‘अब ७९ सालमा चुनाव होला, ८० सालमा तयारी गरेर ८१ सालमा सबै प्रान्तमा आन्दोलनको विकास गरेर अन्तिममा सिंहदरबारलाई राजनैतिक आन्दोलनले ध्वस्त बनाइदिन्छौ । सिंहदरबारमा शान्तिपुर्ण आन्दोलनमार्फत राजनीतिक हमला हुन्छ, सडक आन्दोलनबाटै एकात्मकवादी सत्ता ध्वस्त गर्ने योजना छ ।’
मञ्चको राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरानमा हुने
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरानमा हुने भएको छ । मञ्चले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै असोज १२ गते भर्चुअल माध्यमबाट भएको वृहत बैठकले महाधिवेशनको मिति, स्थान तय गर्दै मुल आयोजक समिति र विभिन्न समितिहरु गठन भएको जानकारी दिएको छ ।
महाधिवेशनको लागि अध्यक्ष कुमार लिङ्देन मिराक संयोजक रहेको मुल आयोजक समिति गठन भएको र सदस्यहरुमा संघीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवं समितिहरु, प्रवासका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु रहने निर्णय गरेको पनि बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत मञ्चले जनाएको छ । यस्तै, महाधिवेशनको लागि आर्थिक व्यवस्थापन समिति , प्रचारप्रसार समिति, महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति, विदेश विभाग समिति, स्वास्थ्य उप–समिति, स्वयमसेवक उप–समिति, अतिथि सत्कार उप–समितिलगायत विभिन्न समितिहरु पनि गठन गरेको मञ्चले विज्ञप्ति मार्फत जनाएको छ ।
मञ्चले सम्बद्ध प्रान्तीय मञ्चहरुको महाधिवेशन, राष्ट्रिय सम्मेलन, वृहत प्रान्तीय मिटिङहरु पनि विभिन्न मितिमा गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनमा करिब १ हजारको हाराहारीमा मात्र प्रतिनिधिहरु रहने पनि मञ्चले विज्ञप्ति मार्फत जनाएको छ ।
महाधिवेशनमा संघीय मञ्चका संघीय समितिका सबै पदाधिकारी लगायत संघीय सदस्य, १० प्लस १ प्रान्तका सबै प्रान्तीय समितिका पदाधिकारीहरु, जिल्ला र स्थानीय पालिकाहरुबाट महाधिवेशन प्रतिनिधि छनौट गरि महाधिवेशनमा प्रतिनिधि आउने बताउँदै प्रतिनिधिहरुले वडाबाटै निर्वाचित भएर आउनु पर्ने पनि जनाएको छ । मञ्चको संघीय अध्यक्ष समेत वडाले नै अनुमोदन गरेर महाधिवेशन प्रतिनिधि हुने मञ्चले जनाएको छ ।
कार्यक्रमको सहजीकरण संघीय मञ्चका संघीय सचिव तथा लिम्बुवान प्रान्तीय महासचिव अशोक चेम्जोङले गरेका थिए भने पत्रकार सम्मेलनको सभाध्यक्षता संघीय पत्रकार मञ्च, नेपालका संयोजक, प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख दिल कुमार लावतीले गरेका थिए ।
कार्यक्रममा मञ्चका पदाधिकारी तथा लिम्बुवान प्रान्तीय मञ्च र दलित मुक्ति मञ्चका नेताहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;