लिम्बुवान मञ्च मोरङ् जिल्लाद्वारा ३२ जनालाई जिल्ला समितिमा मनोनित

 लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, २३ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङले ३२ जना सदस्य मनोनित गरेको जनाएको छ । मञ्चको पथरीस्थित सिरीजंगा सामुदायिक बनमा बसेको पाँचौ जिल्ला अधिवेशन पश्चातको पहिलो बैठकले सो निर्णय गरेको हो ।

असोज २६ गते मोरङको पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित ३८ सदस्यीय समितिलाई भूगोल र समानुपातिक समावेशीतालाई मिलान गर्दै थप ३२ सदस्य मोनित गर्दै ७० सदस्यीय जिल्ला कार्य समिति बनाइएको अध्यक्ष जीवन खेवाले बताए ।

शुक्रबारको बैठकले सचिवालय सदस्यमा पूर्ण आङबुहाङ, सदस्यहरुमा जोग बहादुर लिम्बु, हेम राई, दिलिप सेर्मा, चेतन माझी, सन्तोष बल तामाङ, अरुणा लिम्बु, लक्ष्मी लिम्बु, कुवेरचन्द्र निङलेखु, राजेश राइ, खगिन्द्रसिंह लिम्बु, भिम कुमार लिम्बु, ज्ञानु वेघा, कालीबहादुर चेम्जोङ, फुलमाया तुम्सा, लक्ष्मी मादेन, योग्य लिङदेन, बलिहाङ सिम्बु, देउमान लिम्बु, नारायण लिम्बु, चन्द्र निङलेखु, नरेश साउदेन, खडक मगर, बम प्रसाद लिम्बु, कैलाश याक्खा, विजय लिम्बु, खिनमाया लिम्बु, हर्क सम्बाहाम्फे, सागर थलङ, सन्तोष लोहनी र विकास राईलाई मनोनित गरेको छ ।

यस्तैगरी सोही बैठकले निवर्तमान अध्यक्ष दिलु लिङ्देनलाई संघीय सदस्य तथा प्रान्तीय सचिवालय सदस्यमा केन्द्रमा सिफारिस गर्न समेत परिपत्र गर्ने जिल्ला अध्यक्ष खेवाले बताए । त्यसैगरी पहिचान सदस्यहरुमा समुन चेम्जोङ, जिउँदा सहिदहरु दुर्गा वनेम, किसन चेम्जोङ त्यसैगरी पूर्ण लावती, गोपाल पौडेल, ईन्द्र कुरुम्बाङ, डिल्ली बहादुर जवेगु र उदय मादेनलाई प्रान्तीय मञ्चमा मनोनित गर्न सिफारिस गरेको वताइएको छ ।

त्यसैगरी लिम्बुवानको मोरङ् जिल्ला पाँचौ जिल्ला अधिवेशनमा २ लाख ११ हजार २२० रुपैयाँ खर्च भएको समेत बैठकले सार्वजनिक गरेको छ । अधिवेशनमा जिल्लाले सबै जिल्ला समितिका सदस्य एवम् शुभचिन्तकहरुबाट आर्थिक सहयोग उठाई खर्च गरेको अध्यक्ष खेवाले जनाएका छन् ।

बैठकमा मोरङ जिल्ला इन्चार्ज प्रान्तीय उपमहासचिव दिल कुमार लावती, प्रान्तीय सदस्य राम हर्क खम्बू राई र निवर्तमान अध्यक्ष दिलु लिङ्देन लावतीको उपस्थिति रहेको थियो । साथै मनोनित जिल्ला सदस्यहरुलाई नेता लावतीले विधान अनुसार सफतग्रहण गरेका थिए ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;