लिम्बुवान मञ्च दमक ५ को अध्यक्षमा लावती

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २४ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक ५ को वडाध्यक्षमा राम लावती निर्वाचित भएका छन् । शनिबार मञ्चको तेस्रो वडाधिवेशनले लावतीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।

सर्वसहमतिको आधारमा चयन भएको वडा समितिको उपाध्यक्षमा रत्न पुलामी मगर, विजयवीर साँवा, सरस्वती चेम्जोङ, निशा राई र सरस्वती फोम्बो, सचिवमा श्याम मादेन, सह–सचिवमा रोशा तबेबुङ र अर्थसचिवमा शान्तिला लावती चयन भएका छन् ।

यसैगरी नव निर्वाचित सदस्यहरुमा लिलाकुमारी लिम्बु, भद्र लिम्बु, प्रेमकुमारी वनेम, विरेन्द्र तुम्रोक, विवि लिङदेन, अमृत आङदेम्बे, कुमार इङनाम, रामकुमारी चेम्जोङ लगायत रहेको जनाइएको छ । दिपीनी आधारभूत विद्यालयको सभाहलमा आयोजित अधिवेशन मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसैगरी प्रान्तीय सचिवहरु मोहन बेघा र धनराज सुब्बाको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रान्तीय सदस्य चन्द्र कन्दङवा, टंक माङलाक मुस्कान, एल.भी. सिनियर केन्द्रीय उपकमाण्डर सुमन सम्बाहाम्फे, दमक नगर अध्यक्ष याम लिम्बु, बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ् लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अन्य वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधासनलाई पुनःलेखन गर्दै पहिचानको आधारमा लिम्बुवान सहितको १० प्लस १ प्रान्त स्थापना र निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणालीमा गरिनु पर्नेमा जोड दिएका थिए ।

दमक ५ वडाध्यक्ष समीर केरुङकाे अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य दमक नगरका बरिष्ठ उपाध्यक्ष चेम्जोङ् र कार्यक्रम संचालन नगर सचिव सुख बहादुर सोदेम्बाले गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...