लिम्बुवान मञ्च इलामको चाैथाे अधिवेशन कार्तिक ३० मा हुने

,   लिम्बुवान न्युज
                       

इलाम, २५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चाैथाे अधिवेशन कार्तिक ३० गते हुने बताइएको छ । सोमबार इलाममा जिल्लाको आकस्मिक बैठक बसी अधिवेशन गर्ने निर्णय भएको हो ।

इलामको गौतम बुद्ध सभाहलमा जिल्ला अधिवेशन गरिने जिल्ला अध्यक्ष दिपक योङहाङ जनाएका छन् । कोभिड १९ का कारण पार्टीको विभिन्न गतिविधि गर्न नसक्दा संगठनले सोचे जस्तो र मञ्चको ४ बर्षे नीति तथा कार्यक्रम गर्न नसक्ने अवस्था भएतापनि स्थानीय पालिकाहरुमा अधिवेशन गर्ने तयारी शुरु भईसकेको अध्यक्ष योङहाङ बताए । जिल्लामा १ हजार क्रियासिल सदस्यता कार्ड वितरण गर्ने तयारी भईरहेको समेत उनले बताए ।

करिब २ सय पचास प्रतिनिधिहरु जिल्ला र स्थानीय पालिकाहरुबाट उपस्थित हुने बन्दसत्रले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिने अध्यक्ष योङहाङले बताए । बैठकमा जिल्लाका लिम्बुवान प्रान्तीय सचिवालय सदस्य हेम जवेगु, प्रान्तीय सदस्य गोविन्द योङहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटनसत्र मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले गर्ने समेत बताइएको छ । जिल्ला अधिवेशनलाई सम्पन्न गर्न केही दिन भित्रै विभिन्न उपसमितिहरु गठन गरि अघि बढ्ने अध्यक्ष योङहाङले लिम्बुवानखबरलाई जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;