साक्थिम्गेनको छैठौं केन्द्रीय सम्मेलनको समुद्घाटन कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

माङसेबुङ, २५ असोज । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४२औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा किरात चेत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

पान्जुम्भोको छैठौं सम्मेलन तथा स्थापना दिवसको अवसरमा बिगत दूई दशक यता किरात साम्यो साक्थिमगेन पान्जुम्भोको केन्द्रिय कलाकारको रुपमा रहेर किरात धर्म दर्शन र संस्कार संस्कृति अनि किराती गीत संगीतलाई विश्व सामु पु¥याउन निरन्तर योगदान पु¥याउदै आईरहेका लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङलाई सम्मान पत्र तथा नगद राशि सहित सम्मान गरिएको थियो ।

यसैगरि अनुसासित केन्द्रिय कलाकारको रुपमा गायक दिलीप माखिम र नृत्यङगाना पुष्पा सङबाङफेलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा पान्जुम्भोका पान्जुम्भोका कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि पान्जुम्भोले सम्मान स्वरुप कदरपत्रद्धारा सम्मान गरेको थियो भने सम्पूर्ण कलाकारहरुलाई प्रमुख अतिथिको हस्तबाहुलीबाट धन्यबाद प्रत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरात चेत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय समितिका अध्यक्ष केहेरसिं योङहाङ, बिशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सहसचिव आङबुहाङ अवोध अविरल सम्मानित व्यक्तित्व गायक तथा संगीतकार जेपी नेम्बाङ, अतिथिहरु किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे, येहाङ कोक्मा ताम्भुङला ताङसेप चुम्भोका अध्यक्ष साङजोत्लुङ आङदेम्बे, किरात याक्थुङ चुम्लुङ माङसेबुङका अध्यक्ष कमला आङदेम्बे आङबुहाङ, माङसेबुङ गाउँकार्यपालिका सदस्य पुर्ण कार्की ढोली र फल्गुनन्द बोर्डिङ स्कुलका प्रिन्सिपल जलन आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, किरात चेत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय समितिका महासचिव काकीराम लाओती, सदस्य धनराज सङबाङफे, माङसेबुङ ५ का भाषिक सचिव सुनिल सेर्मा, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो थामेन्दिङ मा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष सरुहाङमा सेलिङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषायक्ष प्रकाश सावदेन, लिम्बु बिद्यार्थी मञ्च झापाका अध्यक्ष सागर साँबा, सुकबहादुर सबेनहाङ र चन्द्र माया ताप्मादेनको समेत उपस्थिति रहेको थियो ।

साँगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको समुद्घाटन कार्यक्रममा पान्जुम्भोका अध्यक्ष राम बहादुर थुलुङको अध्यक्षतामा सञ्चालन सचिव आइन्द्र थेगिमले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष लेखनाथ चेम्जोङले गरेका थिए ।

यस्तै मंगलबार बन्दसत्र हुने र बन्द सत्रमा पान्जुम्भोको प्रगति प्रतिवेदन साथै कार्य नीति, योजना पारित गर्दै नयाँ समिति गठनपछि विदाई हुने पान्जुम्भोका अध्यक्ष राम बहादुर थुलुङले बताए ।

सम्मेलनको पहिलो दिन शनिबार साक्मुरा वादेम्मा गर्दै शुभारम्भ गरिएको थियो भने दोस्रोदिन आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत लाधुङ नाम्धुङ सेमी सेवा सम्पन्न भएको थियो ।

मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै किरात धर्म गुरु आत्मानन्द लिङदेन तथा गुरुआमा पवित्रहाङमा साँवा लिङदेनहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले गुरु गुरुआमाको निर्देशनमा वि.स.२०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।

किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा ५८ सालमा संगठनको नाम रुपान्तरण गरी किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको थियो । त्यसमा पुन संशोधन गरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो (किरात धर्म सांस्कृतिक केन्द्रीय समिति) नामाकरण गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...