दमक २ मा बनेको ‘दमक फनपार्क’ सञ्चालनमा आयो

 लिम्बुवान न्युज
                       

दमक, २६ असोज । हिन्दु धर्मावलम्बीहरुको दशैंको अवसर पारेर दमक २ भाङबारमा निर्मित फनपार्क सोमबारदेखि सञ्चालनमा आएको छ । दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोड रुपैयाँको लागतमा दमक फनपार्क सञ्चालनमा ल्याएका हुन् ।

यसको ग्राण्ड ओपनिङ भने केही समय पछि गरिने प्रालिले जनाएको छ । सो प्रालिले फनपार्कका बिषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाटमा फनपार्कका प्रथम सञ्चालक विप्लव दंगालले दशैंमा दमकबासी र दमक आउने पाहुनालाई मनोरञ्जनपूर्ण नयाँ गन्तव्य दमकमै रहेको सन्देश दिन दशैंको अवसर पारेर फनपार्क खुल्ला गरिएको जानकारी दिए ।

आफनै पार्कको साढे ६ बिगाहा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित शुरु भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु रहेको छ ।
उनका अनुसार अन्य फनपार्क भन्दा छुट्टै परिचय रहेको यस फनपार्कमा बोटिङ सहित टापुमा आकर्षक कलाकृतिहरुको सजावट छ । त्यस्तै बालबालिकाहरुलाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । जहाँ तेन्जेङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको दृश्य निर्माण गरिएको छ । बन्यजन्तुहरुका कलाकृति पनि यहाँ देख्न सकिन्छ भने तिहारपछि स्विमिङ पूल समेत सञ्चालनमा ल्याइनेछ । पार्क भित्रै स्तरीय रेष्टुरेँन्ट पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दंगालले बताए ।

होटल तथा पर्यटन व्यवसायका अनुभवी युवाहरु संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको अध्यक्ष दंगालले बताए ।

सो फनपार्कमा दंगालद्धयसंगै दमकका सफल युवा व्यवसायीहरु दिपेन्द्र ढुंगेल, दिपक पौडेल, पुष्प खनाल, किशोर खनाल, कुमार खनाल लगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ ।

जिल्लका मुख्य शहरी क्षेत्रहरुमा पछिल्ला समय व्यवसायिक रुपमा फनपार्क लगायतका मनोञ्जनस्थलका संरचनाहरु निर्माण हुने क्रम बढ्दै गएकोछ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...