लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः टंक खापुङ् निर्वाचित

 लिम्बुवान न्युज
                       

बेलालयत(यूके) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति यूकेको तेस्रो महाविधेशनले पुनः टंक खापुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार ९ अक्टोवरका दिन सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा खापुङलाई नै जिम्मेवारी जिएको हो ।

बेलायतको फेल्टाम कम्यूनिटी कलेजमा भएको महाधिवेशनले उपाध्यक्षहरुमा रुपमान कुरुम्बाङ, कुलद्विप राई, नरबहादुर कुरुम्बाङ, कृष्णप्रसाद लिङ्देन, हर्कजङ् कुरुम्बाङ, तेज लावती र कृष्णकुमार कुरुम्बाङ्लाई निर्वाचित गरेको छ । त्यसैगरी महासचिवमा राम इजम, उपमहासचिवमा लाल लिङ्देन निर्वाचित भएका छन् ।

यसैगरी सचिवहरुमा दिल तुम्बाहाङ्फे, शेरबहादुर इङ्नाम, किशोर तिलिङ् चोङ्बाङ, दल योङ्या र दिपा आङ्बुहाङ निर्वाचित भएका छन् । मञ्चको अर्थसचिवमा तिल तावा र सह–अर्थसचिवमा धनबहादुर माबोले जिम्मेवारी पाएका छन् । त्यसैगरी अन्य सदस्यहरु समेत निर्वाचित भएका छन् भने सबै शाखाहरुबाट मनोनित गरेर समितिलाई पूर्णता दिईने महाधिवेशन स्रोतले जनाएको छ ।

कार्यक्रममा मञ्चका नेता देवी तुम्बाहाम्फे र चुणमणि तुम्बाहाम्फेको उपस्थिति रहेको थियो । अध्यक्ष टंक खापुङ्को सभाध्यक्षतामा भएको कार्यक्रमलाई उपाध्यक्ष शर्मिला यक्सोले स्वागत गरेकि थिइन् भने कार्यक्रम महासचिव राम इजमले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...