मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २६ असोज । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो । तीमध्ये ८ जनाको मृत्यु भएको बताइएको छ ।

घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो । अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ । यद्यपी के कारणले दुर्घटना भएको हो त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको जनाइएको छ । (अन्नपूर्ण पोष्टबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...