कियाचू कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, कतार । किरात याक्थुङ् चुम्लुङ् कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित भएका छन् । “लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता” मूल नाराका साथ सम्पन्न ११औं अधिवेशनले खजुमको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

शुक्रबार (१५ अक्टोबर) सम्पन्न अधिवेशनले बरिठ उपाध्यक्षमा श्याम बहादुर तुम्बहाम्फे (सागर), प्रथम उपाध्यक्षमा योगेन माखिम, द्वित्तीय उपाध्यक्षमा राम लङ्वा लिम्बु, तृतीय उपाध्यक्षमा लेरिना आङदेम्बे लिम्बु, महासचिवमा विवश मादेन लिम्बु, उपमहासचिवमा विरेन मादेन लिम्बु, सचिवहरुमा गणेश मादेन, गौतम समी आङदेम्बे, कोषाध्यक्षमा सोम माबोहाङ् र सह–कोषाध्यक्षमा प्रकाश हाङ्गाम लिम्बु रहनु भएको छ ।

त्यसैगरी सोही कार्यक्रमले सचिवालय सदस्यहरुमा राज आङला लिम्बु, र रेखा मेङ्याङ्बो लिम्बु निर्वाचित गरेको छ भने केन्द्रीय सदस्यहरुमा क्रमशः पवित्रा फागो, सोनु चेम्जोङ, मनु साम्याङ्ख्याम, विश्व मादेम्बा, विनोद आङबुहाङ, मञ्जु साँवा लिम्बु, भविन्द्र तुम्बापो, तेजबहादुर साँवा, मचिन्द्र नेम्बाङ, नगेन्द्र लिङ्दम र दिपेन्द्र सेनेहाङ् निर्वाचित भएका छन् ।

निर्वाचित कार्य समितिको कार्यकाल तीन बर्षको रहने ११औं अधिवेशन स्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...