राजगढमा राजवंशी स्तम्भको अनावरण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, झापा । आदिवासी समुदायको वाहुल्यता रहेको राजगढमा राजवंशी जातिलाई उच्च प्राथमिकतामा राख्दै स्तम्भ तयार गरिएको छ । बाह्रदशी गाउँपालिका ३ राजगढस्थित राजवंशी चौकमा निर्मित स्तम्भको अनावरण गरिएको हो ।

राजवंशी जातीय भेषभूषासहितको पुरुष र महिलाको आकृति भएको स्तम्भको प्रदेश सरकारका भूमि व्यवस्थ , सहकारी तथा कृषि राज्यमन्त्री ज्ञानेश्वर राजवंशीले अनावरण गरेका हुन् ।

बाह्रदशी गाउँपालिकाको १४ लाख ५० हजार रुपैयाँको बजेटमा सो स्तम्भ निर्माण गरिएको थियो । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद पूर्णसिंह राजवंशी, नेकपा एमालेका अध्यक्ष केपी ओलीका सल्लाहकार असारु राजवंशी, एमालेका केन्द्रीय सदस्य हरि राजवंशी, एमालेकै ओमनारायण राजवंशी, नेपाली काँग्रेसका रामप्रसाद दुलाल, नेपाल रेडक्रस सोसाइटी बाह्रदशीका दयानन्द गोस्वामी, राजवंशी धर्म संस्कार समितिका लखनलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन श्याम राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...