विष्णु इङनामको अफिसियल युट्युव मार्फत ‘हङकङ सिटी’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर । नायिका लक्ष्मी योङहाङ लिम्बू, मोडल तान्छोहाङ इङनाम लिम्बू र नीतु मादेन लिम्बूद्वारा अभिनित गीत ‘हङकङ सिटी’ सार्वजनिक गरिएको छ ।

उक्त ‘हङकङ सिटी’ गीतको भिडियोलाई गीतकार विष्णु इङनामको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रणवीर शेर्मा (रवि शेर्मा)को निर्देशन रहेको गीतलाई गीतकार इङ्नाम लिम्बूले लेखका हुन् भने साक्थिम योङ्याको संगीत तथा आवाजमा उक्त गीत सजिएको छ ।

सामुइल लामाको कोरियोग्राफीमा इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा सन्जु थलङ र झरना नेम्बाङको मेकअप रहेको छ ।

हङकङमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहने बिष्णुको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन तथा आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...