दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च दमक नगर समिति र निस्कर्स न्युजले अभिनन्दन गरेको हो ।
शनिवार कमल ५ स्थित आँखीझ्याल रेस्टुरेन्टको सभाकक्षमा एक कार्यक्रम गरि भरतमणीलाई अभिनन्दन गरेका हुन । युवा मन्चका अध्यक्ष थरेन पौडेलको अध्यक्षता र सल्लाहकार संयोजक राम पौडेल र दमकका युवा ब्यवसायी तथा लायन लिडर ज्ञाननाथ पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा उनलाई बधाई ज्ञापन गर्दै अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा कमेडी च्याम्पियन पौडेलले सबैको साथ ,सहयोग र हौसलाका कारण आफुले उपाधि जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आफ्नो प्रतिभालाई निरन्तर अगाडी बढाएर कलाकारितालाई ब्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए ।
भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले नगद २५ लाख र कार हात पारेपछि सामान्य परिवारमा पनि बिशिष्ट प्रतिभाको सम्भावना हुन सक्ने उदाहरणका रुपमा लिइएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...