मृगौला पिडित यवालाई कतारबाट आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

काठमाडौं । पाँचथरको फालेलुङ ८ स्थित सुर्केनागी निवासी मृगौला पिडित संगिता यवा (भुजेल)लाई कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासको पहलमा १ लाख २ हजार १९० रुपैयाँ रकम सहयोग प्रदान गरिएको हो ।

प्रवास मञ्चका अर्थसचिव कुमारसिं योङहाङको संयोजकत्वमा संकलित उक्त रकम सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्थ सचिव विष्णु कुमार यक्सोले पिढीत यक्वालाई भेट गरि हस्तान्तरण गरिएको प्रवास कतारका बरिष्ठ उपाध्यक्ष डम्बर लिङ्खिम मिसेकले जनाएका छन् ।

पिढीतकी बहिनी सबिना यवाको अनुरोधमा आर्थिक अवस्था अत्यन्तै दयनीय भएको याचना गर्दै विभिन्न सामाजिक संजालहरुबाट आर्थिक सहयोगको अपेक्षा गरिएको खबरलाई परोपकारी कार्यमा सहयोग गरिएको मिसेकले बताए । सामाजिक मञ्च कतारले परोपकारी कार्यमा विशेष सहयोग गर्दै आइरहेको मञ्चका संघीय अर्थसचिव यक्सोले बताए ।

मृगौला पिढीत यवाको हाल दुबै मृगौला प्रत्यारोपण गर्नुका लागि काठमाडौमा उपचार भईरहेको उनकी बहिनी सविनाले वताइन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...