विर्तामोडका विश्वासले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधी

 लिम्बुवान न्युज
                       

झापा, लिम्बुवानखबर । ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापा बिर्तामोडका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन् ।

पब्लिक भोटिङका आधारमा सोमबार विजेता घोषणा गरिएको आयोजक संस्था पार्टी नेपालले जनाएको छ । फाइनलमा पुगेका तीन प्रतिस्पर्धीमध्ये विश्वासले २५ हजार ७ सय ६६, रामेछापका प्रज्वल थापा मगरले २ हजार ८ सय ७४ र ललितपुरका आषुतोश वाराहीले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।

उपविजेता प्रज्वलले नगद ५ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय भ्लगरसँग काम गर्ने अवसर पाएका छन् भने तृतीय आषुतोषले आकर्षक पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ८६ जनाले भाग लिएका थिए । यो नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको भ्लग च्यालेन्ज हो ।

पार्टी नेपालकी डिजिटल चिफ शिवानी प्रधानका अनुसार नेपालभरका भ्लगरलाई एकत्रित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्लगरसँग सहकार्य गर्ने अवसर जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । बिर्तामोड ५ का २० वर्षीय राईले प्रतियोगिताको फाइनलसम्म ल्याउनको लागि भोट गर्नुहुने सबैप्रति आभार प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...