नेपाली यू–२३ टोली ताजिकिस्तान प्रस्थान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नका लागि नेपाली यू–२३ राष्ट्रिय टोली ताजिकिस्तान प्रस्थान गरेको छ । मंगलबार बिहान नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल छनोट खेलको कठिन समूहमा परेको छ । समूह बीमा परेको नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । सबै टिम फिपा बरियतामा नेपालभन्दा धेरै माथि रहेका छन् ।

छनौट खेल खेल्न अघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको समेत एन्फाले जनाएको छ ।

छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्ने छ । त्यसैगरी दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि समावेश रहेका छन् ।

नेपाली टिम

गोलकिपरः  अर्पण कार्की, विशाल सुनार, अविशेक बराल

डिफेन्डरः सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु

मिडफिल्डरः नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट

फरवार्डः ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...