दमकमा रतुवा खोलाले ७ घर बगायो, १७ घर जोखिममा

 लिम्बुवान न्युज
                       

दमक, ३ कार्तिक । दमकको पूर्वी सिमानामा बग्ने रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवान बस्तीका ७ वटा घर बगाएको छ भने १७ वटा घर बाढीको जोखिममा परेको छ ।

तीन दिनदेखि परेको अविरल बर्षापछि बस्तीनजिकैको रतुवा खोलामा गएराती १० वजेतिर आएको बाढीले कटान गर्दा त्यहाँका ७ वटा घर वगाउनुका साथै १७ वटा घर जोखिममा पारेको वडाध्यक्ष भिम प्रसाद पौडेलले बताए ।

बाढीबाट घर गुमाउनेमा सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरवहादुर श्रेष्ठ, बिष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठ रहेका छन् । यसैगरि बाढीले अभिकेशर प्रधान, अजन तिम्सीना, काजी गुरुङ, कृष्ण थापा, मनोज मास्के, उद्धव न्यौपाने, राजेश किस्कु, बिमल किस्कु, बम बहादुर तामाङ, भारती तामाङ, सीता श्रेष्ठ, दानबहादुर न्यौपाने, लाक्पा शेर्पा, भिम तामाङ, पविमाया तामाङ, गोविन्द श्रेष्ठ र कृष्ण श्रेष्ठको घर जोखिममा रहेको वडाध्यक्ष पौडेलले बताए ।

बाढीबाट थप क्षति हुन नदिन रातीनै प्रारिम्भक उद्दारका काम गरिएकाले भौतिक रुपमा कुनै मानवीय क्षति भने नगरेको उनले वताए । उनका अनुसार खोलामा एक्कासी आएको बाढीले त्यहाँ विछ्याइएको तारजाली वगाउनुका साथै खोलाले बस्तीतर्फ कटान तीव्र बनाएको थियो । खोलाबाट विस्थापित परिवारलाई नजिकैका छिमेकीका घरमा सुरक्षित रुपमा राखिएको उनले जानकारी दिए ।

यसैवीच, आज विहाननै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, नगर प्रमुख रोमनाथ ओलीसहितका अधिकारीले क्षतिग्रस्त बस्तीको निरीक्षण गर्नुहुदै बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल उद्धार तथा कटान रोकथाम कार्य तीव्र बनाउने जनाएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...