मुलुकभरी बाढीपहिरोमा परि ८८ जनाको मृत्यु, ३० अझै बेपत्ता

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ४ कार्तिक । देशभरी अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानबाट ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार ३० जनाको बेपत्ता भएको छ । मन्त्रालयले जनाए अनुसार आजै मात्र ११ जनाको मृत्यु पुष्टि भएको हो ।

अविरल बर्षका कारण गएको पहिरोले अधिकांशको ज्यान गएको महाशाखाले जनाएको छ । मङ्गलबार १४, बुधबार ६३ र आज ११ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ भने इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

विपद्बाट २० जिल्ला बढी प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजदेखि भने मौसममा सुधार आएको छ ।

पाँचथरमा मृत्यु भएका २७ मध्ये १७ को पहिचान खुल्यो

पाँचथरमा बाढी पहिरोबाट मृत्यु हुने २७ मध्ये १७ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सबैभन्दा धेरै मिक्लाजुङ गाउँपालिकाको १३ जनाको पहिचान भएको हो अध्यक्ष अमर माखिमले बताएका छन् । मिक्लाजुङ ५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ५५ वर्षीया भद्रमाया लावती, ३६ वर्षीय सन्दीप लावती, १७ वर्षीया अनिशा चोङवाङ, २८ वर्षीय प्रताप चोङवाङ, ६५ वर्षीय पदमसिंह चोङवाङ, ३१ वर्षीय सुरज चोङवाङ, ७६ वर्षीय नरबहादुर लावती, ९ महिनाकी आकांक्षा लावती रहेका छन् । यस्तै, मिक्लाजुङ ४ का २९ वर्षीय बबिन राई, ६० वर्षीय साहिला मगर, ६५ वर्षीय धनबहादुर लावती र २७ वर्षीया दिवाना राईको शव पहिचान भएको हो ।

यसैगरी बुधबार पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम ४ की २५ वर्षीया ममता मगर, ४ वर्षीय रोयल मगर, कुम्मायक २ का ४० वर्षीय डम्बरकुमारी शेर्मा, र फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्बा तामाङको पहिचान गरिएको प्रहरीले जनाएको छ । (तस्वीरः मिराक लावतीकाे वालबाट)

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...