पाँचथरमा बाढी पहिरोमा परि मृत्यु भएकाको पोष्र्टमाटम नगरी दाहासंस्कार गर्ने निर्णय

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता, पान्थर। अविरल बर्षाका कारण प्राकृतिक प्रकोपले सडक तहसनहस हुनुका साथै भौगोलिक विकटताका कारण मृतकलाई अस्पताल ल्याउन कठिन हुने भएपछि पाँचथरमा बाढी पहिरोमा परि मृत्यु भएकाको पोष्र्टमाटम नगर्ने निर्णय भएको छ ।

ठुलो संख्यामा मृत्यु भएकाले सडकहरु सबै अवरुद्ध भएपछि जनप्रतिनिध, प्रहरीले मुजुल्का गरि दाहासंस्कार गर्ने गरी निर्णय भएको हो ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । सदरमुकामदेखि निक्कै टाढा घटना स्थल रहेकाले मृतकको पहिचान, उद्वारमा समेत समस्या भईरहेको छ ।

तीन दिनदेखि मृतकको लास घटना स्थलमै रहेकाले शंकास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपद् पहिरो कै कारण मृत्यु भएको स्पष्ट एकिन भएकाले वार्ड अध्यक्षको रोहवरमा मुजुल्का खडा गरि सतगदको प्रक्रिया अघि बढाउने निर्णय भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।
सुरक्षानिकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, संघसस्थाका प्रमुख सहितको सर्वपक्षिय बैठकले यो निर्णय गरेको हो । यो निर्णयसँगै घटना स्थलमा रहेका शवलाई दाहासंस्कारको लागि प्रक्रिया अघि बढ्ने छ । मंगलवार राती पहिरोले पुरिएर धेरैको निधन भएको थियो ।

जिल्लामा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ । यो मध्ये प्रहरीले २६ जनाकोमृत्यु भएको पुष्टि गरेको छ । ६ जना बेपत्ता भएका छन् । ८ जना घाइते छन् । एकजना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;