बाढीपरिहो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, सबैभन्दा बढी १ नं. प्रदेशमा ६५ को मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ५ कार्तिक । दशेको सबै प्रदेशमा छुनेगरी केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १११ जनाको मृत्यु भएको हो भने ३७ जना अझै बेपत्ता रहेका छन् । बाढीपहिरोमा सबैभन्दा बढी प्रदेश १ प्रभावित भएको छ भने सबैभन्दा धेरै ६५ को मृत्यु भएको छ त्यसैगरी अन्य प्रदेशहरु बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

त्यसैगरी प्रहरीका अनुसार ४२ जना घाइते भएका छन् उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बताएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ । बेपत्ताको खोजी कार्य तिब्र पारिएको जनाएको छ ।

बाढीको कारण हाल दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिरहँदा कुल १८६ वटा पशु चौपाय मरेको पनि प्रहरीले जनाइएको छ ।

हालसम्ममा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । त्यसैगरी बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । धनमाल के कति क्षति भयो त्यसको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;