
लिम्बुवानखबर, प्रवास विभाग, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्टिङय मञ्च अन्तर्गत संघय लिम्बुवान सामाजिक मञ्च अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोस्रो महाधिबेसन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न जुम महाधिवेशनले पुनः दोस्रो कार्यकालको लागि चन्द्र कुमार लिङदेनलाई निर्वाचत गरेको छ ।
विभिन्न १६ वटा सामाजिक मञ्चहरुबाट संयोजक लिङ्देनसँगै सह–संयोजकहरुमा हरिस लावती हङकङ, राजेन्द्र निङलेकु (लासाङ्), युएई, रेखा राई, कतार, रमेश लावती, दक्षिण कोरिया, टंक खापुङ् यूके, नारायण लावती खाम्बेक्सा, मलेसिया, प्रकेश पाहिम इजरायल, बसन्त चेजी माबो, साउदीअरब, विष्णु आङ्देम्बे, बेल्जियम, रबि चेजी माबो, कुवेत, दुर्गा विवस लिम्बु, बहराईन, बालकुमार लिम्बु, साईप्रस रहनु भएको छ ।
त्यसैगरी समितिको सचिवमा रुखमान इम्बुङ (रिकम), दक्षिण कोरिया, सह–सचिव गीता तुम्बाहाम्फे, इजरायल, अर्थसचिव हर्क सेनेहाङ , हङकङ, सह–अर्थसचिव मञ्जु खुदाङ, साइप्रस रहेका छन् । सदस्यहरुमा सुरेन्द्र निङलेकु (लाजेहाङ), युएई, नगेन्द्र लिङ्दम लिम्बु (मौसम), कतार र हर्क लिवाङ, मलेसिया रहेका छन् भने बाँकी रिक्त पदहरुमा थप मनोनित गरेर लाने नव निर्वाचित संयोजक लिङदेनले बताए ।
भर्चुअल जुम मार्फत भएको महाधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गरेका थिए भने सबै प्रवास समितिका अध्यक्षहरुले आ–आफ्नो प्रवासको सांगठानिक गतिविधि एवम् आगामी पार्टीको कार्य दिशा बारे चर्चा गरेका थिए । कार्यक्रम संयोजक चन्द्र कुमार लिङदेन संयोजन गरेका थिए ।