प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनु पर्ने कांग्रेसको माग

 लिम्बुवान न्युज
                       

 

विराटनगर, ७ कार्तिक । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् ।

आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । यद्यपी फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । त्यसैगरी एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको बताइएको छ ।

संसदमा निवेदनपछि कांगेसको संसदीय दलको बैठक बस्दैछ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताए ।

प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;