पाँचथर इलाम वाढिपहिरो पिढीत क्षेत्रमा प्रधानमन्त्री देउवाद्वारा स्थलगत निरिक्षण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । प्रधानमन्त्री शेर बहादुर देउवाले पाँचथर इलाम जिल्ला बाढिपहिरो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषदको बैठकबाट बाढि तथा पहिरो पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताएका छन् ।

फाल्गुनन्द गाउँपालीकाको राँकेमा पहिरो पिडित तथा सञ्चारकर्मीसंगको भेटमा सो कुरा बताएका हुन् । देउवाले अस्ति घोषणा भएको राहातमा थप राहात प्याकेज ल्याउने बताए । पिडितहरूको लागि थप अस्थाई तथा स्थायी राहात प्याकेज ल्याईने देउवाले बताए ।

आईतबार प्रधानमन्त्री देउवाले पाँचथर र इलामको पहिरो प्रभावित क्षेत्रको हवाई निरिक्षण गरेका थिए । साथै पाँचथरको सबै भन्दा धेरै पहिरो प्रभावित मिक्लाजुङ गाउँपालिकाको स्थलगत भ्रमण समेत गरेका थिए ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;