लिम्बुवानखबर । प्रधानमन्त्री शेर बहादुर देउवाले पाँचथर इलाम जिल्ला बाढिपहिरो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषदको बैठकबाट बाढि तथा पहिरो पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताएका छन् ।
फाल्गुनन्द गाउँपालीकाको राँकेमा पहिरो पिडित तथा सञ्चारकर्मीसंगको भेटमा सो कुरा बताएका हुन् । देउवाले अस्ति घोषणा भएको राहातमा थप राहात प्याकेज ल्याउने बताए । पिडितहरूको लागि थप अस्थाई तथा स्थायी राहात प्याकेज ल्याईने देउवाले बताए ।
आईतबार प्रधानमन्त्री देउवाले पाँचथर र इलामको पहिरो प्रभावित क्षेत्रको हवाई निरिक्षण गरेका थिए । साथै पाँचथरको सबै भन्दा धेरै पहिरो प्रभावित मिक्लाजुङ गाउँपालिकाको स्थलगत भ्रमण समेत गरेका थिए ।
Related