दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

  • मुसाहाङ अम्याङ्सा

दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कियाचु केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बुले यहि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्ममा सम्पन्न हुन गइरहेको १२ औं राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भका औचित्यको बारेमा प्रष्ट पार्दै जातीय, भाषिक र धार्मिक दृष्टिकोणमा आफ्नो प्रष्ट र विश्वास्नियता पुर्वक तथ्याङ्क राष्ट्रलाई दर्शाउन जातिको महलमा लिम्बू, मातृभाषाको महलमा लिम्बू, पुर्ख्यौली भाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिवासीको भाषा राई, धिमाल, याक्खा र धर्मको महलमा किरात लेख्न, लेखाउन चुम्लुङका सबै तह लाग्नु पर्ने कुरामा जोड दिएका छन् । उनले त्यसैगरी अन्तर्कृया कार्यक्रममा सहभागिहरुले भाषा र धर्मको बारेमा उठाएका जिज्ञासाको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चुम्लुङ् केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङ, बिशिष्ठ अतिथि कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य भिम सुब्बा, जिल्ला चुम्लुङ् सह–सचिव कविन्द्र सेर्मा, लिम्बू साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी से–नाल्वो, लिम्बू साहित्य प्रतिष्ठान दमक महासचिव डिल्लीश्वर मुसाहाङ लगायतका बक्ताहरूले जनगणनाको सन्दर्भमा प्रष्ट पार्दै जनगणनामा सम्पुर्ण याक्थुङ् (लिम्बू) सहभागी हुन, गर्न, गराउन जोड दिनुभएको थियो भने चुम्लुङ् जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले कार्यक्रम तथा अन्तर्कृया कार्यक्रमको औचित्य पुष्ट्याउनुभएको थियो ।

किरात याक्थुङ् चुम्लुङ् दमक नगर कार्य समितिका अध्यक्ष देबेन्द्र माबोहाङ् चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपाध्यक्ष ओममाया आङ्देम्बेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा दमकबासी स्थानी बुद्धिजीवि, चुम्लुङ नगर पदाधिकारी, सदस्य, वडा समिति पदाधिकारी, सदस्य लगायत चुम्लुङ् आजीवन सदस्यहरूको व्यापक उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन चुम्लुङ् नगर शाखा सह–सचिव चन्द्र कन्दङ्वाले गरेका थिए ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...