लिम्बुवान मञ्चको माईमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

 लिम्बुवान न्युज
                       

महमाई, ८ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल माई वडा नं. ६ मा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार माईस्थित मागुनामा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएको हो ।

विद्यार्थी नेता सुरेश नेम्बाङको विशेष पहलमा आयोजित उक्त कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावती, प्रान्तीय सदस्य सन्तोष तुम्बापो, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ् लगायत नेताहरुले नेपालको राजनीतिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उदयसँगै लिम्बुवान मञ्चले पहिचान राजनीतिमा नयाँ इटा थप्ने काम गरेसँगै देशमा संघीयताको जग बसेको बताएका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा माई नगरपालिका वडा न ६ धनमान नेम्बाङकाे अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन भएको छ । समितिको सचिवमा दिपकिशोर राई रहनु भएको छ भने सदस्यहरुमा चमेली फत्र, राजेन्द्र नेम्बाङ, देउमान सेर्मा, जीवन लिङ्देन, सुरेश लिङ्देन, रेनुका पौडेल, सरिता नेम्बाङ, बुधराज सेर्मा, मिराक लिङदेन, उषा थेगिम, अनिल बेघा, राजकुमार आङदेम्बे, बेनुप सेर्मा, लालसिंह लिङदेन, सुखबहादुर लिङदेन, सम्झना नेम्बाङ र गल्सन नेम्बाङ् रहेका छन् । थप पदाधिकारीहरु भने आगामी बैठकले चयन गर्ने नव गठित समितिको अध्यक्ष छत्रमान नेम्बाङले बताए ।

त्यसैगरी कार्यक्रममा २० जनालाई क्रियासिल सदस्यता समेत प्रदान गरिएको थियो । कार्यक्रमलाई जिल्ला कार्य समितिका सचिवालय सदस्य वीर बहादुर सेर्माले अध्यक्षता गरेका थिए । त्यसैगरी स्वागत मन्तव्य समाजसेवी एवम् लिम्बुवान प्रेमी शेर बहादुर थेगिम र कार्यक्रम संचालन विद्यार्थी नेता नेम्बाङ्ले गरेका थिए ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...