
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले सातै वटै प्रदेशमा इन्चार्ज मनोनयन गरेको छ । त्यसैगरी सात वटै प्रदेशमा कमिटी पनि गठन गरेको छ ।
एकीकृत समाजवादीले प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्जका साथै अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।
जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज मनोनित गरेको छ ।
त्यसैगरी प्रदेश १ को सहइन्चार्जमा राजेन्द्रकुमार राई, अध्यक्ष सरेश कार्की, उपाध्यक्षहरुमा बलदेव चौधरी, राजन राई, सचिवमा महेश रेग्मी र उप–सचिवमा सरिता थापा खड्का छन् । यसरी नै प्रदेश २ मा सहइन्चार्जहरुमा रामप्रित पासवान र रत्नेश्वर गोइत, अध्यक्षमा रामचन्द्र यादव र सचिवमा लक्ष्मण पौडेल छन् । बागमती प्रदेशको सहइन्चार्जहरुमा जीवनराम श्रेष्ठ र कृष्ण खनाल, अध्यक्षमा सावित्रा भुसाल, उपाध्यक्षहरुमा विदुर सापकोटा र टोपबहादुर वाइवा र सचिवमा लक्ष्मण लम्साल रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा सहइन्चार्जहरुमा तुलबहादुर गुरुङ, चुडामणि जंगली, शारदा सुवेदी छन् भने अध्यक्षमा रामजी शर्मा, सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवहरुमा श्रीनाथ बराल र रेखा थापा बराल रहेका छन् । यसरी नै लुम्बिनी प्रदेशमा सहइन्चार्जहरु सोमप्रसाद पाण्डे, दलबहादुर सुनार, अध्यक्षमा मेटमणि चौधरी र सचिवमा राजु गुरुङ चुनिएका छन् ।
कर्णाली प्रदेशको सहइन्चार्जहरुमा चन्द्र बहादुर शाही, शेरबहादु केसी, हंशबहादु शाही, अध्यक्षमा अमरबहादुर थापा, उपाध्यक्षमा देवीलाल थापा र सचिवमा ठगेन्द्रप्रकाश पुरी रहेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेश सहइन्चार्जहरुमा प्रेम आले, निरा जैरु, रामकुमारी ज्ञवाली, परमानन्द भट्ट, अध्यक्षमा विक्रम शाही, उपाध्यक्षहरुमा हर्कबहादुर सिंह र शेरबहादुर सुवेदी, सचिवमा दिनेशचन्द्र सुवेदी, उपसचिवहरुमा दीर्घ सोडारी, तारा लामा र माया भट्ट रहेका छन् ।
एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश भनेर छुट्टै कमिटी पनि बनाएको छ । त्यसको इन्चार्जमा विश्वनाथ प्याकुरेल, अध्यक्षमा केदार सञ्जेल, उपाध्यक्षमा सूर्य खत्री र सचिवमा विष्णु लम्साल तोकिएका छन् । यस्तैगरी सम्पर्क समन्वय कमिटीको संयोजकमा विजय गुरुङ, सह–संयोजकमा लक्ष्मण केसी र सचिवमा चन्द्र शाहीले जिम्मेवारी पाएको नकेपा एकीकृत समाजवादीले जनाएको छ । (फाइल तस्वीर)
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...