नेकपा एकीकृत समाजवादीले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज

,   लिम्बुवान न्युज
                       

 

काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले सातै वटै प्रदेशमा इन्चार्ज मनोनयन गरेको छ । त्यसैगरी सात वटै प्रदेशमा कमिटी पनि गठन गरेको छ ।

एकीकृत समाजवादीले प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्जका साथै अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।

जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज मनोनित गरेको छ ।

त्यसैगरी प्रदेश १ को सहइन्चार्जमा राजेन्द्रकुमार राई, अध्यक्ष सरेश कार्की, उपाध्यक्षहरुमा बलदेव चौधरी, राजन राई, सचिवमा महेश रेग्मी र उप–सचिवमा सरिता थापा खड्का छन् । यसरी नै प्रदेश २ मा सहइन्चार्जहरुमा रामप्रित पासवान र रत्नेश्वर गोइत, अध्यक्षमा रामचन्द्र यादव र सचिवमा लक्ष्मण पौडेल छन् । बागमती प्रदेशको सहइन्चार्जहरुमा जीवनराम श्रेष्ठ र कृष्ण खनाल, अध्यक्षमा सावित्रा भुसाल, उपाध्यक्षहरुमा विदुर सापकोटा र टोपबहादुर वाइवा र सचिवमा लक्ष्मण लम्साल रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा सहइन्चार्जहरुमा तुलबहादुर गुरुङ, चुडामणि जंगली, शारदा सुवेदी छन् भने अध्यक्षमा रामजी शर्मा, सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवहरुमा श्रीनाथ बराल र रेखा थापा बराल रहेका छन् । यसरी नै लुम्बिनी प्रदेशमा सहइन्चार्जहरु सोमप्रसाद पाण्डे, दलबहादुर सुनार, अध्यक्षमा मेटमणि चौधरी र सचिवमा राजु गुरुङ चुनिएका छन् ।

कर्णाली प्रदेशको सहइन्चार्जहरुमा चन्द्र बहादुर शाही, शेरबहादु केसी, हंशबहादु शाही, अध्यक्षमा अमरबहादुर थापा, उपाध्यक्षमा देवीलाल थापा र सचिवमा ठगेन्द्रप्रकाश पुरी रहेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेश सहइन्चार्जहरुमा प्रेम आले, निरा जैरु, रामकुमारी ज्ञवाली, परमानन्द भट्ट, अध्यक्षमा विक्रम शाही, उपाध्यक्षहरुमा हर्कबहादुर सिंह र शेरबहादुर सुवेदी, सचिवमा दिनेशचन्द्र सुवेदी, उपसचिवहरुमा दीर्घ सोडारी, तारा लामा र माया भट्ट रहेका छन् ।

एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश भनेर छुट्टै कमिटी पनि बनाएको छ । त्यसको इन्चार्जमा विश्वनाथ प्याकुरेल, अध्यक्षमा केदार सञ्जेल, उपाध्यक्षमा सूर्य खत्री र सचिवमा विष्णु लम्साल तोकिएका छन् । यस्तैगरी सम्पर्क समन्वय कमिटीको संयोजकमा विजय गुरुङ, सह–संयोजकमा लक्ष्मण केसी र सचिवमा चन्द्र शाहीले जिम्मेवारी पाएको नकेपा एकीकृत समाजवादीले जनाएको छ । (फाइल तस्वीर)

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;