फोनिजको सातौं संघीय महाधिवेशन माघ ७ र ८ गते हुने

 लिम्बुवान न्युज
                       

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन हुनेभएको छ । बुधबार महासंघको सातौं पूर्ण बैठकले आगामी माघ ७ र ८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनस्थल बारे फोनिज संघीय समिति सचिवालयले आवश्यक छलफल गरी टुङ्गो लगाउने गरी महाधिवेशनको मिति टुङ्गो लगाइएको संघीय सचिव कमन देवानले बताए ।

नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रमा बसेको बैठकले आगामी मंसिर १५ गतेभित्र सदस्यता वितरण तथा नवीकरण सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र जिल्ला अधिवेशनहरु र प्रवास शाखाहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । त्यस्तै सात वटै प्रदेशका प्रादेशिक महाधिवेशनहरु पुष २४ गते सम्पन्न गर्ने तय भएको छ ।

फोनिज आन्दोलनलाई सशक्त बनाउन र सांगठानिक गतिविधिमा एकरूपता ल्याउन सदस्यता नवीकरण, जिल्ला, प्रवास शाखा अधिवेशन र प्रादेशिक महाधिवेशनहरुको मिति एकै दिन तोकिएको फोनिज अध्यक्ष डण्ड गुरुङ्ले जानकारी दिएका छन् ।

सातौं संघीय महाधिवेशन सम्पन्न गर्न फोनिज संघीय समिति, संस्थागत सदस्य संस्थाका अध्यक्षहरु, सातै प्रदेश समितिका अध्यक्षहरु, महाधिवेशन सम्पन्न हुने प्रदेशको फोनिज प्रदेश समिति र फोनिजका सबै जिल्ला शाखा अध्यक्षहरु सदस्य रहनेगरी महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

बैठकमा फोनिज बागमती प्रदेश इन्चार्ज समीर बलामी, गण्डकी प्रदेश इन्चार्ज हुम तमु, लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले आ–आफ्नो प्रदेशमा भएका फोनिज गतिविधि रिपोर्टिङ गरेका थिए । बैठकले सातै प्रदेशलाई आगामी एक हप्ताभित्र लिखित रिपोर्टिङ बुझाउन निर्देशन समेत गरेको छ ।

महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न उप–समिति गठन गर्ने अधिकार संघीय समिति सचिवालयलाई दिइएको छ । फोनिजको देशभर ५४ जिल्ला शाखा र ६ वटा प्रवास शाखा र ८ वटा संस्थागत सदस्य समितिका रहेका छन् ।

फोनिजले जापान, मलेसिया, अमेरिका, दक्षिण कोरिया, दुबाई र बेलायतमा शाखा विस्तार गरिसकेको छ भने गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारू पत्रकार संघ संस्थागत सदस्य संस्थाका रूपमा फोनिजमा आवद्ध छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...