कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गते सम्ममा हुने कार्यतालिका सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौंं, ११ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गते तीनदिनसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

पटक–पटक महाधिवेशनको मिति सार्दै यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।

निर्वाचन समितिले जिल्लाहरुलाई विभिन्न समूहमा विभाजन गरी अधिवेशनको छुट्टाछुट्टै मिति तोकेको छ । सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा गाउँ÷नगरको वडा अधिवेशन कात्तिक २७ गते हुनेछन् ।

त्यसपछि गाउँ÷नगर अधिवेशन कात्तिक ३० मा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते गर्ने जनाइएको छ । यसैगरी एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरुको अधिवेशन भने मंसिर १० गते हुने तोकेको छ ।

यसरी नै नेपाली कांग्रेसले प्रदेश समितिको अधिवेशन भने मंसिर १६ र १७ गते कार्यतालिका सार्वजनिक गरेको छ ।

हेर्नुहोस् महाधिवेशन कार्यतालिका

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;