लिम्बुवान सामाजिक मञ्च युएईको अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

युएई, दुवाई । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, युएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार युएईमा सम्पन्न अधिवेशनले विक्रम लिम्बु पन्धाकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा निर्मल लिम्बु (नाम्योहाङ), उपाध्यक्षहरुमा गौरव कुमार कुरुम्बाङ र भिम अधिकारी, महासचिवमा सुरेन्द्र लिम्बु (लाजेहाङ), सचिवमा आरती वनेम, अर्थ सचिवमा भिमा लिम्बु –भुमा) र प्रवक्तामा विराज केरुङ (मायालु कान्छा) सर्वसहमतिमा चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा टीका लिम्बु, मेख लिम्बु, दिपा लिम्बु, मनिसा लिम्बु, लोकेन्द्र सम्बाहाम्फे, विशाल लिङदेन, स्टिभ सन, खेबेन्द्र ताम्लिङ, यमि मेन्याङबो, रुपा राई लिम्बु, सविन अधिकारी, सजल काजी थापा र अम्बर फियाक निर्वाचित भएका छन् ।

आजै सम्पन्न अधिवेशनले सल्लाहकार समिति पनि गठन गरेको छ । मञ्चका संघीय सदस्य तेजबहादुुर लिम्बु (आवाज)लाई बरिष्ठ सल्लाहकारमा नियुक्त गर्दै सल्लाहकार सदस्यहरुमा राम फियाक, राजेन्द्र लिम्बु (लासाङ), चक्र सिंगक, राम योङहाङ, स्विकार चाम्लिङ र बबिराम थोप्रा चयन भएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...