लिम्बुवान मञ्च म्याङलुङ अध्यक्षमा पुनः देवीनारायण निर्वाचित

 लिम्बुवान न्युज
                       

म्याङलुङ, १५ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः देवीनारायण सम्बाहाम्फे निर्वाचित भएको छ । सोमबार जिरीमा भएको तेस्रो अधिवेशनले सम्बाहाम्फे पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्चका प्रान्तीय उपाध्यक्ष कृष्ण बहादुर तुम्बाहाम्फे लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बाहाम्फेको नेतृत्वमा २५ सदस्य नयाँ कार्य समिति बनेको हो । समितिको उपाध्यक्षहरुमा भिम थेगुवा, इन्दु लिम्बु र डम्बर खापुङ, सचिवहरुमा देवी आङबुङ र सन्दिप खापुङ्, सह–सचिवमा दिपक सोदेम्बा र अर्थ सचिवमा राजकुमार थेगुवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जिव चेम्जोङ, जयप्रकाश सम्बाहाम्फे, आशिस यङहिम्बा, ईश्वरकुमार सम्बाहाम्फे, मोतिहाङ सोदेम्बा, हर्क सम्बाहाङफे, सन्तोष थेगुवा, सपना सम्बाहाङफे, खड्क नारायण खापुङ, अशोक चोङबाङ, मनुहाङ सम्बाहाम्फे, हर्कराज सम्बाहाङ्फे, कुमार थाम्देन, विमला लिम्बु, सुर्य ब. सेनी, विजुले खापुङ र बुद्धिमान खापुङ् बनेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावती, संघीय सदस्य तथा विद्यार्थी अध्यक्ष सेसेहाङ चोङबाङ, प्रान्तीय सदस्य खेल बहादुर सम्बाहाम्फे, जिल्ला अध्यक्ष विजय निङलेखु, तुम्येहाङ अध्यक्ष प्रेम बहादुर सम्बाहाम्फे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी आज नगर समितिले नयाँ कार्यलय स्थापना गरेको छ । जिरीमा स्थापना गरिएको कार्यालयको बोर्ड प्रमुख अतिथि तुम्बाहाम्फे र बयोवृद्ध नेता खेलबहादुर सम्बाहाम्फेले संयुक्तमा उदघाटन गरेका थिए ।

कार्यक्रम अध्यक्ष देवीनारायण सम्बाहाम्फेको सभाध्यक्षतामा भएको थियो । त्यसैगरी स्वागत मन्तव्य डम्बर खापुङले राखेको उक्त कार्यक्रमको संचालन नगर सचिव देवी आङबुङले गरेका थिए ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...