प्रदेश १ मा पाँचदलीय गठबन्धनद्वारा सरकारमा दावी पेश

 लिम्बुवान न्युज
                       

विराटनगर, १५ कार्तिक । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी पाँचदलीय गठबन्धनले दाबी पेस गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।

प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । ५० जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त गर्न पाँच दलीय गठबन्धनले दावी प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

दावी पेश गर्ने पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...