फेदेनमा लिम्बु मौलिक पहिचानमा छलफल

,   लिम्बुवान न्युज
                       

पाँचथर, लिम्बुवानखबर संवाददाता। मौलिक याक्थुङ पहिचानको खोजमा आधारित पुस्तक लिम्बू पहिचानमा समेटिएका विषयबस्तु माथि आज पाँचथरको फिदिममा चर्चा गरिएको छ ।

लिम्बु स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले पुस्तकमा लिम्बुहरुको भाषा, धर्म,सस्कृति,लिपी,रितिरिवाज र परम्परालाई समेट्न खोजेको बताए । १ नम्बर प्रदेशका विभिन्न जिल्लालाई कर्म क्षेत्र बनाएका १५ जना लेखकका खोजमुलक लेख प्रकाशित भएको उक्त पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावतीको भनाई थियो ।

पुस्तक चर्चा कार्यक्रममा सहभागीहरुले लिम्बू जातीको पुस्तौनी धर्म किराँत र लिपी सिरिजंगा हुँदा हुँदै त्यसलाई तोडमोड गर्न खोजेको भन्दै लेखकहरुलाई आरोप लगाएका थिए ।

कार्यक्रममा चलचित्रकर्मी सागर केरुङ र युवा सर्जक नुनम केरुङले पुस्तकले यथार्थ मोड्न खोजेको भन्दै चर्को आलोचना गरे भने केहि टिप्पणीकर्ताहरुले पुस्तक र लेखको बचाउमा लागेका थिए ।

याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगूको प्रमूख आतिथ्यता तथा लिम्बुवान स्टडी सेन्टरका अध्यक्ष दिलेन्द्र कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकमा समेटिएका विषयवस्तु उपर प्राज्ञ सदस्य हरिचन्द्र लावती र सर्जक प्रेम ओझाले टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;