दमकको शोरुमबाट छ जनाले टिभीएसको लाखौ उपहार जिते

 लिम्बुवान न्युज
                       

लिख संवाददाता, १७ कार्तिक । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत दमकका ६ जनाले लाखौ रुपैयाँको उपहार जितेका छन् ।

उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता एएनए ट्रेड प्रालिमार्फत खरिद गरेका मोटरसाईकल तथा स्कुटी खरिदमा छ प्राइज सरप्रराइज अन्तर्गत ६ जनाले २५ हजार माथि १ लाखसम्म नगद उपहार प्राप्त गरेका हुन् ।

एएनए ट्रेड प्रालिका सञ्चालक गनबहादुर अधिकारीका अनुसार यसरी उपहार प्राप्त गर्नेमा दमकका मन्जल राईले १ लाख, दमककै रन्थु उराँवले ५० हजार, सुजन लुईटेलले २५ हजार उपहार प्राप्त गरेका छन् । देशभरिका डिलरमार्फत खरिद गरिएका मोटरसाइकल तथा स्कुटीको उपहार कार्यक्रम अन्तर्गत लक्की ड्र गर्दा दमकमार्फत उनीहरुले त्यतिका नगद उपहार जितेका हुन् ।

टिभीएस कम्पन्नीले सेप्टेम्बरदेखि नोनेम्भरसम्म तीन महिना सम्म प्रत्येक महिना लक्की ड्र गरि एक जना भाग्यमानीलाई आपाची आरआर ३१० सीसीको मोटरसाइकल प्रदान गर्दे आएको कम्पन्नीले जनाएको छ । त्यस कार्यक्रमबाट इलाम, चुलाचुलीकी खड्गीमाया आङदेम्बेले गत असोज १६ गते उक्त उपहार जितेकी थिइन् ।

यसैगरि, दमकको डिलरले दशैतिहार, छैठ पर्वको उपलक्ष्यमा आफना ग्राहकहरुका सुविधाका लागि नयाँ मोटरसाईकल, स्कुटी खरिदमा आर्कषक सुविधा उपलव्ध गराउदै आएको सञ्चालक अधिकारीले बताए । मोटरसाइकल, स्कुटी खरिदमा आर्कषक छुट, एक्सचेन्ज, फाइनान्सको समेत व्यवस्था सहित कम्तीमा ७ हजारसम्म स्कयाच उपहारसंगै हेल्मेट, सिटकभर, रेनकोट निशुल्क उपलव्ध गरिआएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...