किशानचौक–टाँडी रमिते सडक अन्तर्गत सडकमा कालोपत्रे

,   लिम्बुवान न्युज
                       

  • मिक्सन मिभक

मिक्लाजुङ, मोरङ । मोरङकाे मिक्लाजुङ ६स्थित किसानचौक टाँडी रमिते सडक मिक्लुखोलाबाट प्रदेश १ सरकारको प्राथमिकतामा रहेको कालोपत्रे गर्ने काम शुरु भएको छ । बिश्वब्यापी फैलिएको कोभिडका कारण सडक निर्माणका काम केही समय रोकिएपनि अहिलेभने निरन्तरता पाएको हो ।

बहुबर्षे योजना अन्तर्गत असोज मसान्तसम्म २० किलोमिटरसम्म कालोपत्रे गरि सक्ने गरि ५८ करोड प्राबिधिक लागतमा उक्त सडक श्रेणीगत रुपमा शुरु गरेको मोरङ क्षेत्र न १ (क) का सांसद कुल प्रसाद साम्बा बताए ।

सडक निर्माणको लागि अहिले सम्म २६ करोड रकम खर्च भईसकेको पुर्बधार बिकास कार्यलय मोरङका टेक्निकल अफिसर किशोर पुरीले बताएका छन् । कालोपत्रे शुरुभएसँगै स्थानीय बासीहरु हर्षित भएका छन् । आस्फाल प्राबिधिबाट निर्माण गरिएको उक्त सडक गुणस्तरीय रहेको सडक बिभागबाट खटिएका कर्मचारीहरुले वताएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;