किशानचौक–टाँडी रमिते सडक अन्तर्गत सडकमा कालोपत्रे

 लिम्बुवान न्युज
                       

  • मिक्सन मिभक

मिक्लाजुङ, मोरङ । मोरङकाे मिक्लाजुङ ६स्थित किसानचौक टाँडी रमिते सडक मिक्लुखोलाबाट प्रदेश १ सरकारको प्राथमिकतामा रहेको कालोपत्रे गर्ने काम शुरु भएको छ । बिश्वब्यापी फैलिएको कोभिडका कारण सडक निर्माणका काम केही समय रोकिएपनि अहिलेभने निरन्तरता पाएको हो ।

बहुबर्षे योजना अन्तर्गत असोज मसान्तसम्म २० किलोमिटरसम्म कालोपत्रे गरि सक्ने गरि ५८ करोड प्राबिधिक लागतमा उक्त सडक श्रेणीगत रुपमा शुरु गरेको मोरङ क्षेत्र न १ (क) का सांसद कुल प्रसाद साम्बा बताए ।

सडक निर्माणको लागि अहिले सम्म २६ करोड रकम खर्च भईसकेको पुर्बधार बिकास कार्यलय मोरङका टेक्निकल अफिसर किशोर पुरीले बताएका छन् । कालोपत्रे शुरुभएसँगै स्थानीय बासीहरु हर्षित भएका छन् । आस्फाल प्राबिधिबाट निर्माण गरिएको उक्त सडक गुणस्तरीय रहेको सडक बिभागबाट खटिएका कर्मचारीहरुले वताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...