केराबारीमा १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

 लिम्बुवान न्युज
                       

दमक, १८ कार्तिक । किरात धर्मावलम्बीहरुले मोरङ जिल्लाको केराबारी गाँउपालिका ७ स्थित मुहिङगुम अङसिमाङ लिङदेन फाल्गुनन्द मिङसो माङहिममा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३७औं जन्मजयन्ती मनाउने भएका छन् । यहि कात्तिक २५ गते महागुरु लिङदेनको जन्मजयन्ती किरातीहरुले भव्य रुपमा मनाउने भएका हुन् ।

विश्व शान्ति तथा मानव एकताका प्रवर्तक, किरात धर्म दर्शनदाता फाल्गुनन्दका जन्मजयन्तिको अवसरमा विविध कार्यक्रमहरुको आयोजना हुने भएको छ । सोअनुरुप २३ गते सप्तकोशीमा गालीश्राप बगाउने, २४ गते विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द लिङदेन १३७औं जन्मजयन्ती मुल समारोहको प्रदेश नं ः १ को मुख्यमन्त्री राजेन्द्र राइको हस्तबाहुलीबाट समुदघाटन गरिनेछ ।

सोही दिन किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा किरात धर्म गुरुआमा साँवा पवित्र हाङमा लिङदेनज्युहरुको हस्तबाहुलीबाट मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङसो माङहिमको समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गरिने छ ।्र केराबारी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, सांस्कृतिक विविधतालाई प्रचारक प्रसार गर्ने भनेर महागुरु फाल्गुनन्द लिङदेन मिङसो माङहिमका सचिव जयकुमार जबेगुले बताए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङबाट आशिर्वचन, विविध साँस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिने छ । बेलुकी दिपावली र माङलाङ, केलाङका साथमा मुन्धुमी गायक ब्रबिम सेर्मा र सुनिता थेगिमको बेजोड साँस्कृतिक कार्यक्रमहरु हुने, कार्तिक २६ गते परपाहुना, इष्टमित्रहरुलाई विदाई गरेर यो वर्षको महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्ने आयोजक विमल चेम्जोङले बताए ।

विश्व महामारी कोरोनालाई मध्यनजर गरी सबै सुरक्षा मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै कार्यक्रम आयोजना गर्ने १३७औं जन्मजयन्ती मूल आयोजक समारोह समितिका अध्यक्ष अमरदल मिभकले बताए ।

केराबारी गाँउपालिकामा माङहिम समुद्धाटन र महागुरु फाल्गुनन्द लिङदेनको उच्चकदको सालिक अनावरण मात्र होइन, यहाँ मुन्धुमी बिद्यालय निसामहिम् साथै मुन्धुमी योग साधना केन्द्र खोल्न प्रयत्न गर्ने भनेर माङहिमका सल्लाहकार लाखमान थेगिमले बताए । हामी कार्यक्रमको अन्तिम तयारीमा छौ, कार्यक्रममा देशविदेशबाट पाहुनाहरू आउने क्रम सुरु भैसकेको छ । हामी किरात धर्मावलम्बीहरु विश्व शान्ती तथा मानव एकताका लागि नै भेला हुने छौ । हामी सत्य शान्ति र अहिंसा प्रेमी मानुभावहरुलाई स्वागत गर्न आतुर छौ भनेर महागुरु फाल्गुनन्द लिङदेन १३७औं जन्मजयन्ती मुल समारोहका सचिव ज्ञानु राईले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...