केराबारीमा १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

 लिम्बुवान न्युज
                       

दमक, १८ कार्तिक । किरात धर्मावलम्बीहरुले मोरङ जिल्लाको केराबारी गाँउपालिका ७ स्थित मुहिङगुम अङसिमाङ लिङदेन फाल्गुनन्द मिङसो माङहिममा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३७औं जन्मजयन्ती मनाउने भएका छन् । यहि कात्तिक २५ गते महागुरु लिङदेनको जन्मजयन्ती किरातीहरुले भव्य रुपमा मनाउने भएका हुन् ।

विश्व शान्ति तथा मानव एकताका प्रवर्तक, किरात धर्म दर्शनदाता फाल्गुनन्दका जन्मजयन्तिको अवसरमा विविध कार्यक्रमहरुको आयोजना हुने भएको छ । सोअनुरुप २३ गते सप्तकोशीमा गालीश्राप बगाउने, २४ गते विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द लिङदेन १३७औं जन्मजयन्ती मुल समारोहको प्रदेश नं ः १ को मुख्यमन्त्री राजेन्द्र राइको हस्तबाहुलीबाट समुदघाटन गरिनेछ ।

सोही दिन किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा किरात धर्म गुरुआमा साँवा पवित्र हाङमा लिङदेनज्युहरुको हस्तबाहुलीबाट मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङसो माङहिमको समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गरिने छ ।्र केराबारी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, सांस्कृतिक विविधतालाई प्रचारक प्रसार गर्ने भनेर महागुरु फाल्गुनन्द लिङदेन मिङसो माङहिमका सचिव जयकुमार जबेगुले बताए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङबाट आशिर्वचन, विविध साँस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिने छ । बेलुकी दिपावली र माङलाङ, केलाङका साथमा मुन्धुमी गायक ब्रबिम सेर्मा र सुनिता थेगिमको बेजोड साँस्कृतिक कार्यक्रमहरु हुने, कार्तिक २६ गते परपाहुना, इष्टमित्रहरुलाई विदाई गरेर यो वर्षको महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्ने आयोजक विमल चेम्जोङले बताए ।

विश्व महामारी कोरोनालाई मध्यनजर गरी सबै सुरक्षा मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै कार्यक्रम आयोजना गर्ने १३७औं जन्मजयन्ती मूल आयोजक समारोह समितिका अध्यक्ष अमरदल मिभकले बताए ।

केराबारी गाँउपालिकामा माङहिम समुद्धाटन र महागुरु फाल्गुनन्द लिङदेनको उच्चकदको सालिक अनावरण मात्र होइन, यहाँ मुन्धुमी बिद्यालय निसामहिम् साथै मुन्धुमी योग साधना केन्द्र खोल्न प्रयत्न गर्ने भनेर माङहिमका सल्लाहकार लाखमान थेगिमले बताए । हामी कार्यक्रमको अन्तिम तयारीमा छौ, कार्यक्रममा देशविदेशबाट पाहुनाहरू आउने क्रम सुरु भैसकेको छ । हामी किरात धर्मावलम्बीहरु विश्व शान्ती तथा मानव एकताका लागि नै भेला हुने छौ । हामी सत्य शान्ति र अहिंसा प्रेमी मानुभावहरुलाई स्वागत गर्न आतुर छौ भनेर महागुरु फाल्गुनन्द लिङदेन १३७औं जन्मजयन्ती मुल समारोहका सचिव ज्ञानु राईले बताए ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...