दमक प्रज्ञाप्रतिष्ठानद्वारा ६ वटा विधाका साहित्यिक पुरस्कार घोषणा, प्रज्ञा मातृभाषा साहित्यिक पुरस्कार लावतीलाई

 लिम्बुवान न्युज
                       

दमक, कातिक १८। दमक प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीको अवसरमा फरक–फरक विधामा योगदान पुयाएको भन्दै ६ विधामा पुरस्कारको घोषणा गरेको छ ।

कार्यक्रम सुरु हुनुअघि देवकोटाचोकमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा अध्यक्ष हेम अधिकारी लगायतले माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी महाकवि प्रति श्रद्धासमुन अर्पण गर्नु भएको थियो ।

विहिवार दमक स्थित पशुपति मन्दिरको सभाहलमा दमक प्रज्ञा प्रतिष्ठानको आयोजना र साहित्य कला संगमको सहआयोजनामा १ नं प्रदेश सभासद माननीय अर्जुन राईको प्रमुख आतिथ्यता, दमक नगरपालिका नगर प्रमुख रोमनाथ ओली र दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा सम्पन्न हो ।

देवकोटाको १ सय १३ औ जन्म जयन्तीको अवसर पारेर घोषित पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । यो पुरस्कारको राशी रु ५१ हजार रुपैँया रहेको छ । यस्तै, रु २१ हजार राशीको दमक प्रज्ञा सस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई, त्यसैगरी दमक १ निवासी रचना लावतीलाइ रू. २१ हजारकै दमक प्रज्ञा मातृभाषा साहित्य प्रदान गरिने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।

यस्तै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई प्रदान गरिने प्रतिष्ठानले घोषणा गरेको छ । यो पुरस्कारको राशी पनि रु २१ हजार नगद नै रहेको छ । यस्तै दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ लिम्बूलाई प्रदान गरिने भएको छ । जसको राशी पनि २१ हजार रुपैँया नै रहेको छ भने दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलिया श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसको राशी रु १५ हजार रुपैँया रहेको छ । घोषित पुरस्कार दमक प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात आगामी मंसिर २५ गते प्रदान गरिने प्रतिष्ठान अध्यक्ष अधिकारीले जनाएको छ ।

कार्यक्रममा साहित्य क्षेत्रका सर्जकहरु मिश्र बैजन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र सिर्जनाका बारेमा प्रकाश पानु भएको थियो भने साहित्यकार तिलोचन रिमालद्वारा देवकोटाको काव्यदेन बारेमा सामान्य जानकारी गराउनु भएको थियो । बाल कलाकार रियाज रिजालले देवकोटाको कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रम दमक प्रज्ञा प्रतिष्ठान अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विष्णु न्यौपानेले संचालन गरेका थिए ।

कार्यक्रममा संघसंस्थाका प्रमुख, दमक र उर्लाबारीका साहित्यकारहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, प्राध्यापक, बुद्धिजीवी, शिक्षक, कर्मचारी, समाजसेवीका साथै संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...