पहिरो पिडित ४६ घरपरिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ र इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ मा पुगेर पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापाका अध्यक्ष मिलन राई र किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिकाका अध्यक्ष सागर जवेगुको पहलमा पहिरो पिडित क्षेत्रमा पुगेर खाद्यान्न राहत वितरण गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार किराती राई र मकाउमा रहने सहयोगी दाताहरुबाट प्राप्त एक लाख ५० हजार बराबरको खाद्यान्न सामग्री खरिद गरि वितरण गरिएको चुम्लुङ अध्यक्ष सागर जवेगुले बताए ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अविनाश लावतीको उपस्थितिमा वडाभित्रका पहिरो पिडित ४२ घरपरिवारलाई राहत वितरण गरिएको थियो भने माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रदिप साङपाङको उपस्थितिमा पहिरो पिडित ४ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा अभियान्ता मिलन राई, सागर जवेगु, समाजसेवी राजेन्द्र केरुङ, होसि राई, सम्भु राई र अनिल थापा लगायतको सहभागिता रहेको थियो ।

गत कार्तिक १ र २ गते परेको अविरल बेमौषमी वर्षाका कारण नेपालका विभिन्न ठाउँहरु बाढि पहिरोले धेरै जनधनको क्षति भएको थियो भने अझै कति बेपत्ता रहेका छन् । जसमा माङसेबुङ् गाउँपालिका वडा नं. ६ मा ३ जना त्यसैगरी मिक्लाजुङ गाउँपालिकामा २१ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...