लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, दमक । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ ।

सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिबी लिम्बूको छायाँकन तथा सम्पादनमा सञ्जु थलङको श्रृङगार रहेको भिडियोमा पर्शु थलङको ड्रोन रहेको छ ।

काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायाँकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङहाङ लगायतले अभिनय गरेका छन ।

पालाम हेर्नुहोस

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...