लिम्बुवान मञ्चले विभिन्न स्थानमा देउसी भैली खेल्दै मनाउँदै दिपावाली

 लिम्बुवान न्युज
                       

दमक, २१ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गतका जिल्लामातहतका स्थानीय पालिका र वडा समितिहरुले विभिन्न स्थानहरुमा देउसी भैली खेल्दै तिहार पर्व (बलिहाङ तङनाम) मनाएको छ ।

मञ्चले सबै पालिकाहरुलाई पर्वहरुमा देउसी भैली खेल्दै कार्यकर्ताहरुको घर घरमा पुगेर लिम्बुवानको मुद्दालाई कसरी स्थापित गर्ने भनी पर्वलाई उपयोग गर्दै देउसी खेल्न भनेको थियो ।

तराईको झापा, मोरङ र सुनसरी जिल्ला अन्तर्गतका विभिन्न पालिकाहरुले देउसी खेलेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैचा, केराबारी र मिक्लाजुङ् पालिकाहरुले देउसी खेलेका छन् । त्यसैगरी सुनसरीको इटहरी र धरान उपमहानगरपालिका समितिले पनि देउसी खेलेका छन् भने झापाका दमकका ५ वटा वडा कमिटि, नगर समिति लगायत कमल पालिका समिति, शिवसताक्षी नगर समिति, बुद्धशान्ति, मेचीनगर, विर्तामोड, कन्काई लगायत स्थानहरुमा देउसी भैली खेलेको बताइएको छ । त्यसैगरी इलामको चुलाचुलीको ४ वटा वडाहरुमा देउसी खेलेको प्रान्तीय सदस्य तथा वडा नं. १ का वडाध्यक्ष पूर्ण लावतीले बताए ।

यसरी नै पहाडी जिल्लाहरु पान्थर, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लाहरुले पनि आ–आफ्नै शैलीमा देउसी भैली खेली संगठनलाई थप कार्यक्रम गर्नमा मद्दत र सांगठानिक गतिविधि गर्न सहज भएको बताइएको छ । मञ्चको महाधिवेशन नजिकिदै जाँदा कार्यक्रमहरुलाई नौ जिल्लामा लिम्बुवान मञ्च, नेपालले तिब्रता दिईएको प्रान्तीय प्रशासकिय महासचिव अशोक चेम्जोङले बताए ।

मञ्चको आगामी २४ र २५ गते धरानमा हुने तेस्रो प्रान्तीय अधिवेशनलाई लक्षित गर्दै नौ जिल्ला लिम्बुवानको आधार इलाकामा संगठनलाई सुदृणिकरण र मजबुत बनाउने प्रक्रियामा प्रान्तीय मञ्च अघि बढेको उनले बताए ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...