लिम्बुवान मञ्च सुनसरी जिल्लाको तेस्रो अधिवेशन धरानमा हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशन सुनसरीको धरानमा हुने भएको छ । मञ्चको जिल्ला कार्य समितिले यहि कार्तिक २६ गते धरानको इजिराइडर होटलको सभाहलमा अधिवेशन सम्पन्न गर्ने जनाएको हो ।

अधिवेशन सम्पन्न गर्न सबै क्षेत्र, पालिका र वार्डहरुबाट प्रतिनिधिहरु सहभागी हुने जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवानखबरलाई बताएका छन् ।

जिल्ला अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । जिल्लाभरीबाट करिब दुईसय पचास प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने वताइएको छ ।

त्यसैगरी सोही दिन धरान उपमहानगर पालिका समितिको नयाँ नेतृत्व पनि चयन गरिने अध्यक्ष इजमले बताए । कोरोनाका कारण समय मै गर्न नसकिएको हुँदा एउटै मितिमा उपमहानगर र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको नगर अध्यक्ष सञ्जुहाङ साँवाले बताए ।

आगामी मंसिर २४ र २५ गते लिम्बुवान प्रान्तीय अधिवेशन गर्ने त्यसैगरी २६ र २७ गते संघीय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कार्यक्रम सार्वजनिक गरेसँगै लिम्बुवान प्रान्तीय मञ्चले नौ वटै जिल्लाको अधिवेशन, क्षेत्र, स्थानीय पालिका र वार्डहरुमा संगठन विस्तार र क्रियासिल सदस्यता वितरणलाई तिव्रता दिएको छ ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...